
नुवाकोट, ।नुवाकोटको बेलकोटगढी नगरपालिका–१० का वडा अध्यक्ष प्रलाद प्रसाद थपलियाकी ममतामयी माता राममैया थपलियाको असामयिक निधन भएको छ। उहाँको निधन भदौ १९ गते बेलुका ११ बजे भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गरेका छन्। साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।
समाजसेवी स्वभावकी स्व. थपलिया दीर्घ समयदेखि विभिन्न धार्मिक तथा सामाजिक कार्यमा सक्रिय रहनुभएको थियो। उहाँको निधनले सम्पूर्ण थपलिया परिवार साथै बेलकोटगढी क्षेत्र शोकाकुल बनेको छ।