
काठमाडौं । ललितपुरको हरिसिद्धीमा प्रदेशमन्त्री सवार गाडीले ठक्कर दिँदा एक बालिका घाइते भएकी छन् । घाइते बालिकाको उपचार भइरहेको र अवस्था सामान्य रहेको ललितपुर प्रहरीले जनाएको छ ।
ललितपुरको गोदावरीमा जारी नेकपा (एमाले)को विधान महाधिवेशनतर्फ गइरहेको गाडीले हरिसिद्धी मावि अगाडि जेब्राक्रसिङमै बालिकालाई ठक्कर दिएको स्थानीयले बताएका छन् ।
ठक्कर दिएपछि आक्रोशित स्थानीयले सातदोबाटो–गोदावरी सडक अवरुद्ध गरेका छन् ।
ललितपुर प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले गाडीलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
उनले प्रदेशमन्त्रीको गाडीले ठक्कर दिएको खुले पनि को मन्त्री सवार थिए भनेर नखुलेको बताए ।