
बिराटनगर। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले सामाजिक सञ्जाल बन्द गर्न नभई अदालतको निर्णयअनुसार दर्ता मात्र गराउन खोजेको बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै सभापति देउवाले यस्तो बताउनु भएको हो । अर्को एक प्रशंगमा सभापति देउवाले संविधान संशोधन दलहरुबीचको सहमतिका आधारमा हुने बताउनुभयो ।
उहाँले दुईतिहाइ बहुमत आवश्यक भएकाले कार्यदलमार्फत सबै दललाई साथमा लिएर संशोधन प्रक्रिया अघि बढाइने बताउनुभयो। देउवाले काँग्रेस–एमाले गठबन्धनको सरकार आगामी २०८४ सालको चुनावसम्म चल्ने दाबी गर्नुभयो। मन्त्रीहरूको कार्यसम्पादनबारे उठेका प्रश्नमा आफूलाई थाहा नभएको समेत उहाँले प्रतिक्रिया दिनुभयो।
पत्रकारहरुले सोधेको अर्को एक प्रश्नमा उहााले पूर्व राष्ट्पतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने बताउनुभयो । तर उहाँले संविधान भन्दा पनि व्यवहारिक रुपमा बुझ्नु पर्नेमा जोड दिनुभएको थियो ।