
oplus_0
काठमाडौँ, भदौं२२ आइतबार । सामाजिक भावनालाई अत्यन्त गम्भीरताकासाथ प्रस्तुत गर्न खोजिएको गरिब किसान र मजदुरहरूको जीवनमा आधारित नाटक ‘एक चिहान’ को मञ्चन गरिएको छ ।
निर्देशक नकुल पाण्डेको निर्देशनमा तयार पारिएको नाटक आइतबार राजधानीको प्रज्ञा भवनमा मञ्जन गरिएको हो । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नाटक मञ्जन भएको थियो ।
नाट्क कला केन्द्र र परिवर्तन नेपालको संयोजनमा आयोजना गरिएको कार्यक्रमको मुख्य व्यवस्थापकका रुपमा बेलकोटगढी नगरपालिका वडा नं २ का वडा अध्यक्ष रामचन्द्र तिलिम्सिना रहनु भएको थियो । विशेष गरि कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुका लागि उपयmु मानिएको उक्त नाटक हेर्नका लागि विद्यार्थीसहित विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्वहरुले हल भरिएको थियो । स्व. उपन्यासकार हृदयचन्द्रसिंह प्रधानद्वारा लिखित चर्चित उपन्यासको नाट्य रूपान्तरण नाट्यकला केन्द्रका निर्देशक पाण्डेले गर्नुभएको थियो ।
वि.सं.२०११ तिरको निम्नवर्गीय जीवनलाई आधार बनाउँदै यथार्थ रुपमा प्रस्तुत गरिएको थियो । गरिबी, बाध्यता र विवशताको परिवेशमा निम्नवर्गीय जीवनका जटिलता र सङ्घर्ष प्रस्तुत भएको नाटकमा विशेष गरी नेवारी समुदायको पारिवारिक परिवेश देखाइएको छ । नेवारी पोसाक एवं लवजले यो नाटकलाई अझ परिपक्व र सुहाउँदिलो बनाएको छ । प्रजातन्त्र प्राप्तिपछि विस्तारै मौलाउँदै गएको प्रगतिशील सोचको परिवेश, सांस्कृतिक सम्मिश्रण, समावेशी र समानताका लागि आवश्यक परेको तथ्य, रूढिवादी र अन्धविश्वासले नेपाली समाजलाई नछाडेको वास्तविकता नाटकभित्र अनुकूल घटनाक्रम र स्वाभाविक पात्रको परिवेशबाट व्यक्त गरिएको छ।
नाटकमा जातीय विभेद, वर्गीय विभेद, अन्धविश्वासकाबीच अन्त्यमा जातभात भन्दा पनि आसपी माया र प्रेमनै मुख्य विशेषता हो भन्ने सन्देश दिन खोजिएको छ । नाटक त्यही समाज आदर्शोन्मुख रहेको कुराबाट अन्त्य भएको छ तर त्यो संयोगान्तको अनुभूत गर्न नपाएँदै फेरि गरिबीले आफ्नो घरको छाना टाल्न नपाएको त्यहि नेवार परिवारको वियोगान्त अन्त्य भएको हुन्छ । यसले भने दर्शकलाई नाटकको अन्त्यमा भने निकै खल्लो महशुस गराएको थियो । तर नाटकको मुख्य सन्देश यसले सिंगो समाजलाई सुधार गर्न बाटोमा प्रेरित गरेको छ । आइतबार मञ्चित गरिएको नाकको मुख्य पात्रका रुपमा एक नेवार परिवारका बाबु देखिएका छन् । नाटकको सूूरुवात नै उनै बाबुको बिमारबाट सुरु हुन्छ ।
आफ्ना बिमार बाबुको उपचारका लागि उनले नै आफू मरेपछि छोराहरुलाइृ कागकिरियाका लागि श्रण नलागोस् भनेर लुकाएर राखेको २५ रुपयाँबाट उपचार गर्ने परिवारमा सहमति हुन्छ । तर एक जना डाक्टरको भूमिका रहेका पात्रलाई उनका जेठा छोरा बोलाउँन जाँदा उनी गजल पढेर बसिरहेका हुन्छन् । उनलाई धेरै अनुनय विनय गरेपछि डाक्टरको फि दिने सर्तमा मात्रै उपचारका लागि तयार हुन्छन् र अष्र्टानारायणको घरमा पुग्छन् ।
घरमा उपचार गर्नेक्रममा उनकी एकमात्र छोरी नानी खातु देखेपछि भने उनको मन अन्त्यै मोडिन्छ । उनी त्यहि छोरीलाई आफ्नो बनाउने बहानामा बुढा बाबुको उपचारका लागि बारम्बार हर्षनारायणको घर गैरहन्छन् । तर बुढाको रोग जटिल भएकाले उनको निधन हुन्छ । उनको निधनपछि लाश जलाउने र काजकिरिया गर्ने पैसा समेत परिवारसँग हूँदैन । उनीहरु फेरि त्यहि डाक्टरसँग २५ रुपयाँ सापटी माग्न पुग्छन् । त्यसका लागि उनकी एकमात्र छोरी नानीखातु र माइला भाईले भूमिका खेलेका हुन्छन् ।
डाक्टको सहयोगले बाबुको काजकिरिया गरेसँगै उनीहरुको घरका एकमात्र छोरी नानीखातु र डाक्टर गोदत्तबीच प्रेम सम्बन्ध स्थापित हुन्छ । तर यो कूरा उनको परिवार र डाक्टरकी श्रीमती थाहा पाएपछि उनीहरुबीचको प्रेम अन्त्यको बाटामो जान्छ, डाक्टर उनीसँग विवाह गर्न तयार भएपनि नानी खातुले भने छोराछोरीका बाबु भएको थाहा पाएपछि अस्वीकार गर्छिन । यहि क्रम चलिरहँदा उनलाई गाउँकै सुब्बाले समेत आँखा लगाएका हुन्छन् । तर परिवारले त्यो स्वीकार गर्दैनन् । त्यसको पछि उनका कान्छा छोरा अर्थातक कान्छो भाई पनि गुरुड. जातिका युवतीसँग प्रेम गर्छन् र विवाह हुन्छ । जसलाई अष्टनारायणका छोराहरुले स्वीकार गर्छन ।
यतिकैका अर्का एक पात्र मधेसी युवा उनीहरुको सहयोगी बन्छन अन्त्यमा छोरीलाई पनि त्यहि तराई मुलका युवासँग विवाह गरिदिन्छन् । यसले समाजलाई जातभात भन्दा माथि उठाएर सबै नेपाली एक हुन भन्ने दिन सफल हुन्छन् । यो संयोगान्त नाटक अन्त्य हूँदै गर्दा उनीहरुको गरिबीका कारण ढुलो बाढीका कारण सिंगो परिवालाई बगाएर एकै चिहान बनाईदिन्छ र नाटक अन्त्य हुन्छ ।
नाटककको अन्त्य वियोगान्त भएपनि यसले आम गरिबीकाबीच पनि देश र समाजप्रति नेवार परिवारले देखाएको जातीय विभेद र रुढीबाढी परम्पारलाई तोडेर सकारात्मक सन्देश दिन सफल भएको छ । उक्त नाटकका कलाकारहरुमा सागर कँडेलले हर्षनारायणको भूमिक निर्वाह गरेका थिए । कथाका मुख्य पात्रका रुपमा रहेका डाक्टर गोदत्तका रुपमा रहेका बिनोद ब्यन्जुले गरेका थिए । त्यस्तै आषिश श्रेष्ठले रामखेलावान जो मधेसी युवाको रुपमा रहेका थिए । यस्तै घरकी कान्छी छोरीका रुपमा नानीखातु अर्थात मिना कोजक्षुले गरेकी थिइन ।
यस्तै नाटकका विजया पौडेल,एजेन खत्री , रोशनी खड्का,अन्नपूर्णलक्ष्मी ,श्रेष्ठ,जना खड्का, अञ्जु खड्का, प्रशान्त बगालले सुब्बाको ,भीम क्षेत्री दाहाल र मदन थापाले गरेका थिए । कथामा अष्टनारयणको भूमिकामा मदन थापाले गरेका छन् । उनको प्रस्तुती मुख्य भागमा थियो ।
नाटक सम्पन्न भएसँगै स्वर्गीय प्रधानका छोलाईलाई प्रमुख अतिथिको हातबाट सम्मानित गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि केसीले नाटकका पात्रहरुको भूमिका अत्यन्त महत्वपूर्ण रहेको भन्दै नाटकले सिंगो समाजलाई सकारात्मक सन्दशे दिन सकेको बताउनुभयो ।
कार्यक्रममा नेपाली नेपाली कांग्रेस काठमाडौंमा सभापति सबुज बानियाँ, तारकेश्वर नगरपालिकाकी उपमेयर सिर्जना बुर्लाकोटी अर्याल, बेलकोटगढी नगरपालिकाका उपमेयर शिव दाहाल लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।



