
काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनले सुम्पेको जिम्मेवारी अनुसार नै आफूले पद सम्हालेको र तोकिएकै समयमा निर्वाचन सम्पन्न गरि नयाँ संसद् र सरकारलाई जिम्मेवारी सुम्पने बताउनुभएको छ ।
आज सिंहदरबारमा पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा भएको व्यापक क्षतिप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले व्यक्तिगत सम्बनिधमाथि आगजनी हुनु पनि दुःखद भएको बताउनुभयो । प्रधानमन्त्री कार्कीले अबको सरकार देशमा सुशासन कायम गर्न र ध्वस्त भएका संरचनाहरुको पुननिर्माणमा अग्रसर हुने विश्वास पनि दिलाउनु भएको छ ।
उहाँले आफू सत्ता र पदको रसास्वादनका लागि नआएको प्रष्ट पार्नुभयो ।आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाहरूको पुनर्निर्माण हामीले आफ्नै तर्फबाट गर्नेतर्फ सचिवहरुको ध्यानाकर्षण गराउनुभयो ।
प्रधानमन्त्रीले कार्यभार सम्हालेलगत्तै मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रमुखहरुसँग परिचय आदानप्रदान गर्नुभएको थियो । सो अवसरमा उहाँले मुख्ष्सचिवसहित सचिवहरु तथा सुरक्षा निकायका प्रमुखहरुलाई आफू देश निर्माणका लागि आएको भन्दै त्यसमा सबैको सहयोगका लागि आह्रवान समेत गर्नुभयो ।