
विदुर । राष्ट्रिय धरोहर रुपमा रहेको सिंहदरबार साथै अन्य सरकारी संरचनाहरु पुननिर्माणका लागि भन्दै नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसी नेतृत्वमा रहेका युवाहरुको समूहले एकलाख एक हजार सहयोगको घोषणा गरेका छन् ।
केसी नेतृत्वमा नेपाली कांग्रेसमा समर्थित कांग्रेसका युवाहरुले केही महिना अघि मात्रै प्राकृतिक प्रकोप तथा विपद्जन्य घटना व्यवस्थापन समुह नुवाकोट गठन गरेका थिए । जसको नेतृत्व केसीले गर्दै आएका छन् । निजी क्षेत्रबाट सरकारलाई सहयोगको घोषणा गर्ने यो समूह नै पहिलो बनेको छ ।
केसीले सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस लेख्दै भनेका छन् ः देशको विधमान यस चुनौतीपूर्ण परिस्थितिलाई ह्र्दयङ्गम गर्दै जसले जुन प्रायोजनको लागि हाम्रा राष्ट्रिय धरोहर नष्ट गर्ने कार्य गरे त्यो अत्यन्तै खेदपुर्ण छ। समय परिस्थिति अनुसार राज्यले गर्ने अनुसन्धान पछि सत्यतथ्य बाहिर आउला र कारबाहिको भागिदार रहलान। ध्वस्त भएका सिंहदरबार लगायत राष्ट्रका महत्वपूर्ण पहिचानका धरोहरहरु फेरि खडा हुनैपर्छ, ईतिहास जोगिनै पर्छ। भावि पुस्ताले ति एतिहासिक धरोहर अनुभव गर्न पाउनैपर्छ।
यसर्थ हामी साथीभाई मिलेर केहि समय अगाडि विशेषत नुवाकोटलाई केन्द्रबिन्दुमा राखेर प्राकृतिक प्रकोप तथा विपद्जन्य घटना व्यवस्थापन समुह नुवाकोट स्थापना गरेका थियौं ।
आज राष्ट्रको एतिहासिक सम्पतिहरु ध्वस्त गराईएको यस कठिन समयमा हामी हाम्रो तर्फबाट पनि केहि सानै भएपनि सह्योग गर्ने हेतुले साथिहरुको सल्लाह अनुसार सरकारी तवरबाट पुनर्निर्माणको लागि बनाईने कोषमा यस समुहमा भएको रकम मध्यबाट रु १०११११ ( अक्षरेपि एकलाख एक हजार एक सय एघार रुपैया सार्वजनिक सम्पति पुनर्निर्माणको लागि योगदान गर्ने निर्णय गरेका छौं ।
आउनुस हामी सबै नेपाली काधमा काध, हातमा हात मिलाएर एकताबद्ध भएर देशको महत्वपूर्ण पहिचान बोकेको राष्ट्रिय धरोहरको आफै पुनर्निर्माणमा लागौं । जस्ले जितेपनि,जस्ले हारेपनि देशले कहिले नहारोस ईतिहास सधै जिवित रहिरहोस
हार्दिक धन्यवाद
प्राकृतिक प्रकोप तथा विपद्जन्य घटना व्यवस्थापन समुह नुवाकोट