
काठमाडौँ । नेपाली कांग्रेसले कार्यसम्पादन समतिको बैठकको निर्णय शनिबार सार्वजनिक गरेको भएको भएपनि आज उपसभापति पूर्ण बहादुर खड्काले अर्को विज्ञप्ति जारी गरेका छन् ।
पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको सक्रियता र उपसभापति पूर्ण बहादुर खड्काको सभापतित्वमा भएको बैठकले पार्टी सभापति शेरबहादुर दम्पत्तीमाथि भएको त्यति ठुलो हमलाका विषयमा भत्सना गर्न कन्जुस्याई गरिएको भन्दै देउवा पक्षको चर्को विरोधपछि आज उपसभापति पूर्ण बहादुर खड्काले छुट्टै विज्ञप्ति जारी गर्नुभएको छ ।
आज उपसभापति खड्काले जारी गर्नुभएको विज्ञप्तिमा लेखिएको छ, ‘लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रूपमा संघर्ष गरेका पार्टीका आदरणीय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य डा. आरजु राणा देउवा माथिको अमानवीय र वर्वरतापूर्ण भौतिक आक्रमण निन्दनीय एवं भर्त्सना योग्य छ । उहाँहरू उपचारको क्रममा रहनु भएकोले शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’
पार्टीका दुई महामन्त्रीले हाल भएको गल्ती र कमीकमजोरी सबै सभापतिमाथि लाग्ने ढंग भाष प्रयोग गर्दै आफूहरु भने शुद्ध र इमान्दार रहेको देखाउने प्रयास गरिएको भन्दै देउवा निकटहरुको अर्को आरोप समेत रहेको छ ।
कार्यसम्पादन समितिले जारी गरेको विज्ञप्तिमा देउवाको नाम उल्लेख गरेर सामान्य विरोध गरिएको छ । जबकी डा. शेखर कोइरालाले त्यो भन्दा कडा शब्दले सभापतिमाथि भएको आक्रमणको निन्दा गरेका छन् ।
यस्तै उपसभापति खड्काले विज्ञप्ति गर्नु भएको विज्ञप्तिमा प्रतिनिधि सभा विघटनको कार्य पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक भएको उल्लेख गरिएको छ ।
उपसभापति पूर्णबहादुर खड्काले ६ बुँदे धारणा सार्वजनिक गर्दै संविधान बमोजिम जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक उल्लेख गर्नुभएको छ ।
उपसभापति खड्काले यस कार्यले देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठाराघात पनि आफ्नो वक्तव्यमा उल्लेख गर्नुभएको छ ।

