
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई फकाउने प्रयास गरेका छन् । सामाजिक सञ्जालबाटै हर्कले आक्रोश पोख्दै बालेन लक्षित टिप्पणी गरेपछि उनले फकाउने प्रयास गरेका हुन् ।
उनले हर्कले आफूलाई जति गाली गरेपनि माया गर्न नछाड्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा बालेनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।
’यसअघि हर्कले जेनजी आन्दोलनपछि बालेन अगाडि नआएको भन्दै कडा आलोचना गरेका थिए । उनले फेसबुकमै भनेका थिए, ‘लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ लिडर भनिँदैन ’