
भदौं २४ गते भएको आन्दोलनले देशका विधंस मच्चाएको घटना कुनै प्रकारले क्षम्य हुन सक्दैन । तर यो आन्दोलनले एउटा सन्देश भने पक्कै दिएको छ । आन्दोलनले दिएको सन्देश भनेको तीन पार्टीका तीन मुख्य नेताका कारण यो अवस्था आएको हो भन्ने नै हो । आन्दोलनमा ठुलो बाढी आउँदै गर्दा प्रधानमन्त्री भएकाले एमाले अध्यक्ष केपी शर्मा ओली ठुलो सुरक्षा घेराभित्र रहनु भएकाले उहाँमाथि केही ढिलो मात्रै सुरक्षा थ्रेट हुन पुगेको थियो । प्रधानमन्त्रीबाट राजीनामा दिएलगत्तै उहाँलाई नेपाली सेनाले सुरक्षित स्थानमा अवतरण गराएको थियो ।
नेकपा माओवादीका अध्यक्ष पुष्पमकल दाहाल बिहानै घरबाट निस्केकाले उहाँ जोगिनुभयो । तर कांग्रेस सभापति शेरबहादुर देउवा घरमा नै भएकाले उहाँमाथि सुरक्षा थ्रेट उत्पन्न भयो । उहाँको घर जलाउँदा पनि सभापति देउवा र उहाँकी धर्मपत्नी आरजु राणा देउवा घरमा नै रहेको जानकारी पाएलगत्तै नेपाली सेनाको हेलिकल्पटर लिन पुगेको थियो । तीन पटकको प्रयासकाबीच बल्ल उहाँहरु घरबाट निस्कन पाउनुभयो । तर त्यो भन्दा अगाडि नै उहाँहरुमाथि आक्रमण भएको थियो । बाहिर निस्केका बेला आरजु राणा र देउवामाथि कुटपिट भयो । केही जेनजीका युवाहरुले छेक्ने प्रयास गरेपनि उहाँहरुमाथि घाइते हुनेगरि नै कुटपिट भयो ।
आफ्ना पार्टी सभापतिमाथि भएको यति ठुलो जघन्य अपराका विषयमा नेपाली कांग्रेसका दुई महामन्त्रीले जारी गरेको विज्ञप्तिमा अन्त्यका केही शब्द मात्रै खर्च भए । जसमा आरजु राणाको त नामै लिइएको छैन् । पार्टीको बैठकले सभापतिमाथि भएको यति ठुलो अपराधका विषयमा मौन हुनु अत्यन्त दूःखद थियो । तर त्यसलाई डा. शेखर कोइरालाले भने केही मलम लगाउने काम गर्नुभयो । उहाँले स्पष्ट रुपमा नै सभापति देउवा दम्पत्तीमाथि भएको आक्रमणको निन्दा गर्नुभएको थियो । उहाँको त्यहि अभिव्यक्तिले देउवा पक्षलाई केही मल लगाउने काम गरेको छ ।
कांग्रेसभित्रको महामन्त्रीहरुको विज्ञप्तिप्रति पार्टीभित्र चर्को आक्रोस उत्पन्न भएपछि उपसभापति पूर्ण बहादुर खड्काले आइतबार अर्को विज्ञप्ति जारी गर्नुभएको थियो । यसरी यस्तो अवस्थामा पनि कांगे्रेसभित्र विवाद देखिएको छ । पार्टीभित्र जे जे भएपनि अब कांग्रेस सच्चिनुको विकल्प छैन् । कुनै अर्को परिस्थिति उत्पन्न नभएको खण्डमा अबको एक वर्षमा कांग्रेसको महाधिवेशन हुनै पर्दछ । सभापति देउवाको दुई कार्यकाल पूरा भैसकेको अवस्थामा अबको नेतृत्व निश्चयनै नयाँ आउने छ । त्यसका लागि गगन थापा र डा. शेखरले आआफ्नो उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । कांग्रेसभित्र मात्रै होइन सिंगो राजनीतिकलाई सहि बाटोमा ल्याउनका लागि पुस्तान्तरणको बहस चर्किएको छ ।
महामन्त्री गगन थापाले त कांग्रेसलाई पुनर्रगठन गर्ने बताइसक्नु भएको छ । सभापति देउवासँग निकट रहेका ६ जना पूर्व पदाधिकारी प्रकाशमानसिंह, कृष्ण सिटौला, शशांक कोइराला, डा. प्रकाशशरण महत,विमलेन्द्र नीधि,गोपालमान श्रेष्ठले तत्काल केही बोलिसेको अवस्था छैन् । वर्तमान परिस्थितिलाई हेर्ने हो भने कांग्रेसभित्र सभापतिका लागि बलियाप्रतिस्पर्धीका रुपमा डा. कोइरालाल र थापा मात्रै देखिएका छन् ।
सभापति शेरबहादुर देउवाले प्रतिस्पर्धामा देखिएको दुई मध्ये एकलाई रोज्ने सम्भावना पनि उत्तिकै बलियो देखिन्छ । तर देउवा यो भन्दा बाहिर सभापति पुर्ण बहादुर खड्का वा हरु कसैलाई उम्मेदवार बनाएभने परिस्थिति केही फरक भएपनि सभापति ५० प्रतिशत कसैले ल्याउने सम्भावान हुँदैन । परिस्थितिले अर्कोरुप नलिएको खण्डमा सभापतिमा थापा र कोइराला मध्ये एकको पक्षमा माहोल बन्न सक्ने अहिलेको आँकलन हो ।
अहिले कांग्रेसभित्र व्यापक रुपमा नेतृत्व परिवर्तन र कांग्रेसलार्य पुरर्नठनको विषय उठेको छ । विषयमा यसलाई कांग्रेसले कसरी सम्बोधन गर्दा भन्ने विषय निकै चासोका रुपमा हेरिएको छ । यो अवस्थामा डा. शेखरले जुुन मानवीयता देखाउनु भएको छ भने लगातार देउवाको स्वास्थ्यस्थितिप्रति चासोराख्दै आउनु भएको छ । त्यसलाई हेर्ने हो भने सभापति देउवाको लिगेसी कतै उहाँमा सर्ने त होइन भन्ने चर्चा कांग्रेसमा सुरु भएको छ । तर गगन थापा पनि युवाहरुका लागि एक बलिया दावेर हुन् । ति बाहेक उपसभापति पूर्ण बहादुर खड्कादेखि, प्रकाशमान सिंह, डा. शशांक कोइराला, कृष्ण सिटौलाहरुको नाम आएपनि भावी सभापति डा. शेखर गगन मध्ये एक हुनसक्ने सम्भावित भविष्यको संकेत वर्तमान राजनीतिक अवस्थाले गरिदिएको छ ।