
१ असोज, जनकपुरधाम। जनमत पार्टीभित्र शीर्ष नेतृत्व परिवर्तनको माग उठेको छ । पार्टीका वरिष्ठ पदाधिकारीहरूले अध्यक्ष डा. सि.के.राउत र संगठन विभाग प्रमुख डा.जयकान्त राउतलाई २४ घण्टाभित्र पदबाट स्वेच्छिक राजीनामा दिन माग गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा शरद सिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक संजय कुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका संयोजक सीके सिंह, सुदूरपश्चिमका वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रम बहादुर बमसहितका नेताहरूले नेतृत्व परिवर्तनको औपचारिक माग गरेका हुन् उनीहरूले राजीनामा माग गरेको पत्रमा भदौ २३ र २४ गते जेनजीको आन्दोलनले देशभर राजनीतिक भूपरिदृश्यमा नयाँ मोड ल्याएको उल्लेख गर्दै नेताहरूले पार्टीभित्र समेत शुद्धीकरण आवश्यक भएको बताएका छन्।
पछिल्ला दिनमा देखिएको कमजोर कार्यशैली, पारदर्शिताको अभाव र जनभावनाविपरीत गतिविधिका कारण पार्टी आफ्नो मूल उद्देश्यअनुरूप अघि बढ्न नसकेको स्पष्ट भएको छ।