
जनकपुरधामः तराई मधेश लोकतान्त्रिक पार्टीले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने निर्णय गरेको छ ।
आज जनकपुरमा बसेको केन्द्रीय समितिको बैठकले संविधानको घोषणा भएपछि तत्काल सीमांकन, पहिचान, समावेशिता, आदिको सम्वोधन नगरिएको भन्दै तत्काल संविधान संशोधनको माग गर्दै भएको आन्दोलनमा निहत्था शान्तिपूर्ण आन्दोलनकारीमाथि गरिएको बर्बर दमन र हत्याको बिरोधमा र शहीदहरुलाई श्रद्धाञ्जली दिन कालो दिन मनाउने निर्णय भएको तमलोपाको नेता बिभा ठाकुरले जानकारी दिनुभयो ।
जनकपुरको जनकचौकमा तमलोपाले शहीदहरुलाई श्रद्धांजली दिने कार्यक्रम रहेको बताइएको छ ।