
२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन् ।
जेनजी प्रदर्शनका क्रममा उनलाई नेपाली सेनाले सुरक्षाका निम्ति नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली बाहिर आएका हुन् ।
ओलीलाई हाल भक्तपुरमा नै डेला लिएर राखिने भएको छ । ओलीलाई बस्ने व्यवस्थानमा पोलिब्युरो सदस्य महेश बस्नेत खटिएका छन् ।
बस्नेतले ओलीलाई भव्य कार्यक्रम मार्फत् सार्वजनिक गरिने सार्वजनिक बक्तव्य नै दिएका छन् । उनले संविधान दिवसका अवसर पोर भोलि ओलीलाई बाहिर ल्याउने तयारी समेत गरेका छन् ।
जसका लागि एमालेले भालि १० हजारभ न्दा बढि कार्यकर्ताहरुको बीचबाट ओलीलाई पार्टी कार्यालयमा स्वागत गर्ने बुझिएको छ ।