
२ असोज काठमाडौं । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर, काठमाडौका एसएसपीलाई जिम्मेवारीबाट हटाएको छ । काठमाडौंका एसएसपी विश्वराज अधिकारीलाई हटाएर उनको ठाउँमा एसएसपी रमेश थापालाई पठाइएको छ । थापा हाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत् थिए ।
उनीले यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीको कमाण्ड समेत गरिसकेका छन् । २३ भदौको जेनजी प्रदर्शनमा प्रहरीले व्यापक बल प्रयोग गर्दा स्थिति नियन्त्रणबाहिर गएको थियो । भोलिपल्ट प्रदर्शनकारी संसद् भवन प्रवेश गरेका थिए, तोडफोड र आगजनी गरेका थिए । पछि सिंहदरबारसहित महत्वपूर्ण संरचनाहरुमा समेत तोडफोड र आगजनी भएको थियो ।