
काठमाडौं । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको नेतृत्वमा नयाँ दल दर्ताक ालागि निवेदन पेश भएको छ । भण्डारीले नेपाल नागरिक पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।भण्डारीले ५४ जना मिलेर नयाँ दल दर्ता गर्नको लागि बिहीबार आयोगमा निवेदन दिएको जानकारी गराउनुभएको हो।
उहाँका अनुसार सो पार्टीको दर्ता नम्बर ४ सय ७७ रहेको छ । दल दर्ताको प्रक्रिया पूरा हुन केही समय लाग्ने उहाँको भनाइ थियो ।नागरिकमा आशा र विश्वास सिर्जना गरी नागरिक र मुलुककाबीचमा घनिष्ट सम्बन्ध स्थापित गर्ने उद्देश्यले पार्टी स्थापना गरेको उहाँले बताउनुभयो । निर्वाचन आयोगले आगमी फागुन २१ गतेक ालागि प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिसकेको छ ।