
१० असोज, काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ। बिहीबार सुरु भएको बैठक शुक्रबार अध्यक्ष प्रचण्डको प्रतिवेदन परिमार्जन सहित पारित गर्दै सकिएको माओवादी नेता रहिश साहले जानकारी दिए ।
प्रचण्डले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका थिए । जसलाई केन्द्रीय समितिले स्वीकार गरेको छ । यो सँगै माओवादी केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ ।आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव पनि सदर भएको छ ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको चुनाव पछाडि महाधिवेशन गर्नु उपयुक्त हुने बताएका थिए । नेतृत्वको सन्दर्भमा अध्यक्ष प्रचण्डले छोड्ने र कार्यवहाक अध्यक्ष आफूले पाउनुपर्ने प्रस्ताव राखेका थिए ।