
काठमाडौं ।कोरियोग्राफी तथा क्रिएटिभ डाईरेक्टर प्रसन्न शाक्य एवं परिकल्पना डाईरेक्टर आनन्द बज्राचार्यद्वारा विशेष दशैँ का लागि तयारी गरीएको नयाँ नेवारी म्युजिक भिडियो “मतिना व्येविउँगु सिचुगु फय् वल “शुक्रबार सार्वजनिक गरिएको छ । नेवार संगीतको मौलिक स्वादलाई समेटिएको यस भिडियोमा उत्कृष्ट शब्द, मालश्री लय र मौलिक प्रस्तुति देखाइएको छ।
यस गीतलाई स्वर दिएका छन्— आनन्द बज्राचार्य, किशोर कुमार शाही, तेजवत्ती जोशी र सरस्वती मानन्धरले । गीतका रचनाकार नानी हेरा शाक्य हुन् भने संगीत एरेन्जमा संगीत प्रविण ईश्वर जोशी र आनन्द बज्राचार्यको योगदान रहेको छ। रेकर्डिङ कार्य बिट्स रेकर्डिङ स्टुडियो, थैनामा सम्पन्न भएको हो, जसको रेकर्डिस्ट विरेन्द्र शाक्य रहेका छन्।
यस भिडियोमा प्रसन्न शाक्य, किशोर कुमार शाही, सुनिता महर्जन र चाँदनी बज्राचार्यले अभिनय गरेका छन्। साथै बाल कलाकारका रूपमा यज्जु महर्जन र रुहान शाक्यको आकर्षक अभिनय रहेको छ।
भिडियोको कोरियोग्राफी तथा क्रियटिभ निर्देशन प्रसन्न शाक्यले गरेका छन् भने परिकल्पना निर्देशन आनन्द बज्राचार्यले गरेका हुन्। क्यामेरामा मोहन कुमार ‘झिल्लु’, सम्पादन तथा कलरमा जेनेक्स मल्टी मीडिया का अनिल कुमार महर्जनको भूमिका रहेको छ।नेवार संगीतको आफ्नै मौलिकता र प्रस्तुतीकरणका कारण यो म्युजिक भिडियोले दर्शक–श्रोताको मन जित्ने विश्वास लिइएको छ।