
११ असोज, काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवा विदेश भाग्न लागेको भन्दै चौतर्फी आलोचनाकाबीच सभापति देउवाले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आह्वान गर्नुभएको छ। यही २६ असोज (आइतबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ ।बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । बैठकमा जेनजी आन्दोलनपछिको अवस्थाकासाथ कांग्रेस महाधिवेशनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।