
काठमाडौँ । विजयादशमीको उत्तम साइत आज बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
आज बिहान बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा विजयादशमीको टीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो ।
त्यसैगरी असोज २० गते सोमबार सबै बलि दिइसक्नुपर्ने (अखिल बलिपूर्ति) र त्यसै दिन कोजाग्रत पूर्णिमा परेको समितिले जनाएको छ ।यसैबीच बडा दशैका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले टिका नलगाउने हुनु भएको छ । जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएसँगै उहाँले यो वर्ष टिका नलगाउने निर्णय गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।