
विदुर । नुवाकोटको त्रिशूली –छहरे– टोखा सडकमा आवतजागतका लागि रोक लगाइएको छ ।
लगातारको वर्षाका कारण जोखिम बढ्नसक्ने भन्दै आवतजावतका लागि रोक लगाइएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटबाट काठमाडौं ओहोर दाहोरका लागि छोटो दुरी मानिएको उक्त सडक खण्ड पृथ्वी राजमार्गस्थित नागढुंगा, गल्छीको बैकल्पिक सडकका रुपमा रहेको थियो भने रसुवा नुवाकोटबाट काठमाडौं जाने छाटो दुरीको छाटो सडक रहेको थियो ।
नुवाकोट जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुँमागाईले विपद प्राधिकरणको सूचना अनुसार नै आज शनिबार दिउँसोबाट रोक लगाईएको जानकारी दिनुभयो । सरकारले मुख्य राजमार्गहरु हुँदै चल्ने सवारी साधनका लगि तीन दिन रोक लगाएको छ । लगातारको वर्षातका कारण हुनसक्ने सम्भावित जोखिमलाई ध्यान दिएर सरकारले यस्तो निर्णय गरेको हो । साथै आइतबार र सोमबार बिदा समेत दिइएको छ ।