
२१ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि यही असोज २४ गतेसम्म हस्ताक्षर गरिसक्न हाधिवेशन प्रतिनिधिहरूलाई अपिल गरेका छन् । भिडियो सन्देश जारी गर्दै शर्माले भनेका छन्, ‘हस्ताक्षर गर्न चाहनुहुन्छ भने २४ गते भित्रै गर्नुस,’ शर्माले भनेका छन् ।
२६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै तिनलाई शर्माले जवाफ दिएका छन्, ‘लगनपछिको पोते के काम ’विशेष महाधिवेशन गर्दा पार्टी थप बलियो हुने महामन्त्री शर्माको विश्वास छ ।
आगामी असोज २६ गते कांग्रेस केन्द्रयि समिति बैठक बस्दैछ । त्यसयता नै हस्ताक्षर बुझाउने तयारी संस्थापनइतरपक्षको रहेको छ । तर स.स्थापन पक्षले भने नियमित महाधिवेशन गर्ने बताउँदै आएको छ । महामन्त्री शर्माले जो बललिन्छ उसले नेतृत्व लिन्छ र जो बदलीदैन उसले नेनृत्वबाट बिदा हुने समेत उल्लेख गरेका छन् ।महामनत्री शर्माले भिभिन्न सात बुँदैमा प्रशन सिर्जना गर्दै आफै त्यसको उत्तर दिँदै भनेका छन्, महामी विशेष महािधवेश गरेर कांग्रेसलाई बदल्छौं, ढुक्क हुनुस् ।