
२१ असोज, काठमाडौं । दशैंपछि खुलेको सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक ५८.५५ अंक ९२.१९ प्रतिशत घटेको हो । सो गिरावटपछि नेप्से २६०४ अंकमा कायम भएको छ । कुल ४ अर्ब ६२ करोडको कारोबार भयो ।
१६ कम्पनीको मूल्य बढ्दा २३५ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै समूहका सूचक घटेका छन् । अन्य समूह सबैभन्दा धेरै ४.८३ प्रतिशत घट्यो । नेपाल पुनर्बीमाको मूल्य भारी दरले घट्दा यो समूह बढी प्रभावित भयो ।
बैंकिङ १.३२, विकास बैंक २.३८, फाइनान्स १।१२, होटल तथा पर्यटन २।७२, हाइड्रोपावर २.७४, लगानी १.९१, जीवन बीमा १.८६, उत्पादन तथा प्रशोधन १.८५, माइक्रोफाइनान्स १.८७, निर्जीवन बीमा २।०४ र व्यापार १।१७ प्रतिशत घटे ।
भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । नेपाल पुनर्बीमाको ८।५७, माथिल्लो मैलुङखोलाको ७।२१ तथा पन्चकन्या माइ हाइड्रोपावरको ६।८७ प्रतिशत घट्यो ।
आज ऋणपत्रमा लगानीकर्ताको आकर्षण देखियो । मूल्य धेरै बढ्नेमा ऋणपत्र अगाडि रहे । सेन्चुरी डिबेन्चरको १०, एनआईसी एसिया ऋणपत्रको ९।११, स्टान्डर्ड चार्टर्ड डिबेन्चरको ९ प्रतिशत मूल्य बढ्यो ।