
तस्बिर ः सामाजिक सञ्जाल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेर संसद अवरोध गरेको नेकपा एमालेले अन्तत ः संसद खोल्न सहमति जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारम आज प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठकमा संसद्को अवरोध खुलाउने विषयमा सहमति भएको जनाइएको छ । संसदमा प्रधानमन्त्री बोल्ने र एमालेका विषयमा चलेको आएको विज्ञप्तिप्रति प्रधानमन्त्रीले स्पष्ट पार्ने सहमतिसँगै संसदको गतिरोध अन्त्य भएको बालुवाटार स्रोतले जनाएको छ
संसदको गतिरोध अन्त्य भएसँगै प्रतिनिधिसभाको बैठक बस्ने तयारी भएको छ । आजको बैठकमा मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक पेश गर्ने कार्यसूची छ । शीर्ष नेताको बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति थियो . एमालेले प्रधानमन्त्री दाहालले एक भारतीय व्यापारीले आफूलाई प्रधानमन्त्री बनाउनका लागि धेरै पटक भारत धाएको कुरा बताउनु भएको थियो । दाहालको उक्त भनाईपछि एमालेले राष्ट्यिताको विषय बनाउँदै प्रधानमन्त्रीले नैतिक रुपमा राजीनामा दिनुपर्ने भन्दै संसद अवरोध गरेको थियो ।
एमालेले सोही विषयमा संसद अवरुद्ध गरेपछि प्रधानमन्त्री प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रेस विज्ञप्ति जारी गर्दे एमालेले मिटरब्याज पीडितलाई कारबाही गर्नका लागि संसदमा ल्याउन लागेको विधेयकलाई रोक्न संसद अवरुद्ध गरेको आसयको विज्ञप्ति जारी गरेको थिए । सो विज्ञप्तिलाई लिएर एमालेले आचार्यलाई हटाउनुपर्ने माग समेत गरेको थियो । हिजोको बैठकमा अध्यक्ष ओलीले सोही विषय उठाएपछि निकास आउन सकेको थिएन । आज भने प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नेमा सहमति भएको बालुवाटार स्रोतले जनाएको छ ।