
फाइल तस्बिर
विदुर । जेन–जी आन्दोलनका कारण रोकिएको 7 A side छैटौँ देउराली अर्चले कप खुला फुटबल प्रतियोगिताको मिति सार्वजनिक गरिएको छ । आयोजक संस्था कन्चना देउराली युवा क्लबले दिएको जानकारी अनुसार प्रतियोगिता असोज ३० देखि कात्तिक ४ गतेसम्म आयोजना गरिनेछ । बेलकोटगढी नगरपालिका वडा नं ६ मा रहेको उक्त क्लबको आयोजनामा खर्चले खेलकुद मैदानमा हुनेछ ।
यसअघि बडा दशैं २०८२ को अवसर पारेर असोज ०९ गतेदेखि १३ गतेसम्म प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको थियो । तर जेनजी आन्दोलनपछिको अवस्थाका कारण प्रतियोगिता स्थगित गरिएको थियो । आयोजकहरुका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
यस्तै द्धितिय पुरस्कारका रुपमा ५० हजार नगदसहित, ट्रफी,मेडल र प्रमाणपत्र रहेको छ ।सेमिफाइनमा पुग्ने टोलीलाई ११, ११ हजार प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट खेलाीलाई ३ हजार, सर्वाधिक गोलकर्तालाई ३ हजार,उत्कृष्ट गोल रक्षकलाई ३ हजार,उदयमान खेलाडीलाई २५ सय र अनुशासित टोलीलाई ४ हजार नगदसहित ,म्यान अफ द म्याच,सहित नगद र ट्रफी प्रदान गरिने छ ।
प्रतियोगितामा सहभागी हुन चाहाने टिमका लागि दर्ता शुल्क रु १० हजार तोकिएको प्रतियोगिताका संयोजक प्रशासत थिड.ले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुने टिमले असोज २९ गते बिहान ९ बजेसम्म दर्ता गरिसक्नुपर्ने जनाइएको छ ।
