
जिल्ला कार्यसमितिको बैठकमा पार्टी सभापति रमेश महत, उपसभापति राजु थापा, सन्तमान तामाड.सहित पदाधिकारी तथा जिल्ला सदस्यहरु ः तस्बिर ः श्रीराम श्रेष्ठ
विदुर । नेपाली कांग्रेस नुवाकोटले आगामी भाद्र महिना भित्र पार्टीको सबै तहको सम्मेलन गरिसक्ने निर्णय गरेको छ । आज पार्टी कार्यालय विदुरमा सभापाति रमेश महतको सभापतित्वमा बसेको पार्टीको २० औ बैठकले विभिन्न नौं वटा निर्णय गरेको छ । बैठक पछि पार्टीका सचिवद्धय श्रीराम श्रेष्ठ र बैकुण्ठ मिश्रले संयुक्त रुपमा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्ति अनुसार बैठकले केन्द्रको निर्णय अनुसार साधारण सदस्यलाई बृहत रुपमा वितरण गर्नका लागि अनलाईन सदस्यता अभियान सञ्चालन गर्ने र सदस्यता लिनका लागि देश विदेशमा रहेका नुवाकोटका कांग्रेसका शुभचिन्तकहरुलाई अपिल गर्ने निर्णय गरिएको छ ।
यस्तै बैठकले वडादेखि प्रदेशसम्मको सम्मेलनका लागि प्रतिनिधि खटाउने निर्णय गरेको छ । तल्लो तहको प्रतिनिधिका लागि पालिका ,प्रदेश र क्षेत्रीय समितिलाई निर्देशन दिने निर्णय गरिएको छ । यस्तै बैठकले अघिल्लो बैठकको समिक्षा गर्ने, पार्टीका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य भातृृ संस्थाका प्रतिनिधिहरुसँग श्रावण मसान्तभित्र छलफल गर्ने निर्णय पनि गरिएको छ ।
बैठकले पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरु र अन्य जिम्मेव गर्न पत्राचार गर्ने, पार्टीको विधान अनुसार नुवाकोट काठमाडौं सम्पर्क समितिहरु गठन गर्ने ,पार्टी छाडेका , स्वतन्त्र उम्मेदवार रहेका र स्वतन्त्र उम्मेदवारका प्रस्तावक र समर्थक रहेकाहरुको विवरण वडा तहबाट पालिका, प्रदेश र क्षेत्रबाट माग गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै पार्टीको विधान र केन्द्रको निर्देशन अनुसार क्रियाशिल सदस्यता वितरण गर्ने पनि बैठकले निर्णय गरेको छ । नेपाली कांग्रेस नुवाकोटमा लामो समयदेखि बैठक बस्न नसकिरहेका बेला पार्टीलाई क्रियाशिल बनाउन गरिएको छलफलले कांग्रेसलाई चलायमान बनाउने नेताहरुले बताएका छन् । बैठकमा कोषध्यक्ष देखि जिल्ला सदस्य मनोनित गर्न बाकी रहेपनि त्यस विषयमा भने छलफल नभएको जिल्ला सचिव श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारीसहित क्षेत्रीय तथा प्रदेश सभापतिहरुको पनि उपस्थिति रहेको थियो