
काठमाडौँ, २५ असोज । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
बैठकले अगामी २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको औपचारिक एजेण्डा टुङ्गो लगाउने छ।
यसअघि बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीको मात्रै बैठक बसेकोमा शुक्रबार कार्यसम्पादन समितिका सदस्यहरूलाई समेत बोलाइएको थियो। बैठकमा धारणा राख्ने नेताहरूले पार्टी अधिवेशन, सरकारले घोषणा गरेको निर्वाचन र जेनजी आन्दोलनको जडबारे केन्द्रीय समिति बैठकमा एजेन्डा बनाउने गरी धारणा राखेका थिए।