
काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा आज बोल्ने केन्द्रीय सदस्यहरुले पार्टीका महामन्त्रीहरुले पार्टी सभापतिलाई कमजोर बनाउन लागेको भन्दै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको चर्को आलोचना गरेका छन् । केन्द्रीय समितिको बैठकमा प्रत्यक्ष प्रशासरण भैरहेको बेला नेताहरुले पार्टी सभापति ८० वर्षको उमेरमा पनि कांग्रेसलाई यो अवस्थामा ल्याउन सफल भएको भन्दै सभापति देउवाको बचाउ गर्दै महामन्त्रीहरुले पार्टीलाई बलियो बनाउने भन्दा पनि सभापतिलाई कमजोर बनाउन मात्रै लागेको आरोप लगाए ।
उनीहरुले महामन्त्रीहरुले काम गर्नुभन्दा सभापतिको विकल्प खोज्न लागेको भन्दै महामन्त्रीहरुको पनि बिकल्प खोज्ने अवस्था आउने बताए । उनीहरुले पुस १० गते तोडिएको गठबन्धलाई सभापतिको सुझवुझपूर्ण निर्णयले गठबन्धन फर्कन सफल भएको भन्दै महामन्त्रीले संगठन बलियो बनाउनका लागि काम गर्न नसकेको आरोप समेत लगाए ।
आजको केन्द्रीय समितिको बैठकमा सभापतिको सुझबुझपूर्ण निर्णयका कारण नै कांग्रेसले गुमाएको सत्ता प्राप्त गर्न सफल भएको दावी गरेका थिए । उनीहरुले केन्द्रीय समितिले निर्णय गरेर नै गठबन्धन भएको स्मरण गराउँदै गठबन्धनबाट जित्ने अनि गठबन्धन ठिक थिएन भनेर सभापतिलाई आरोप लगाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । कांग्रेस केन्द्रीय सदस्य दिलमान पाख्रिनले योजना र कार्यक्रम प्रभावकारी हुन नसक्ने समेत बताए । भुतपूर्व सैनिकलाई महासंघको रुपमा लैजानुपर्ने बताउनुभयो ।
बैठकमा पार्टीका नेता बालकृष्ण खाँड पक्राउ पर्दा गृहमन्त्रीलाई बधाई दिन गएको र अरु पार्टीका विषयमा बोल्न नसकेको भन्दै रुपान्तरणको अभियानका लागेकाहरुको पनि आलोचना गरेका थिए । यस्तै, केन्द्रीय सदस्यहरुले सबैभन्दा ठूलो दलका रुपमा जनताले नेपाली काँग्रेसलाई पठाएको र सङ्घसहित सबै प्रदेश सरकारमा पार्टीको सहभागिता रहेकाले पार्टीको घोषणापत्र अनुसारका जनचाहनालाई पुरा गर्ने गरी कार्यसम्पादन गर्नेतर्फ विशेष ध्यान जानुपर्नेमा पनि जोड दिनुभयो । यसअघि प्रदेश सभापतिहरुले प्रदेशलाई बलियो बनाउने ढंगले निर्णय गर्नका लागि सुझाव दिएका थिए ।
आजको बैठकमा बैठकमा नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा कर्णाली प्रदेश सभापति ललितजङ्ग शाही मधेस प्रदेश सभापति कृष्णप्रसाद यादव लुम्बिनी प्रदेश सभापति अमरसिं, सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर,बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रदेशलाई बलियो बनाउने कुरामा केन्द्रीय समितिको ध्यानाकर्षण गराएका थिए । भातृृ संगठन गठन गरिएको विषयमा पनि निकै व्यड.ग गरेका थिए । उनीहरुले पार्टीको विधान मिचेर केन्द्रीय बैठकमा गोमा कुमारी भण्डारीले पार्टीलाई बलियो बनाउनका लागि सबैले आ आफ्नो ठाउँबाट योगदान दिनुपर्नेमा जोड दिएका थिए ।