
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ ले सोमबार राजधानीको फुडल्याण्ड पार्टी प्यालेसमा साउन १५ का अवसरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम तस्बिर ः नुवाकोट पुकार
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र र बाहिर समेत आपसी एकता आवश्यक भएको बताउनु भएको छ । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ ले सोमबार राजधानीको फुडल्याण्ड पार्टी प्यालेसमा साउन १५ का अवसरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै सभापति देउवाले मुलुकमा शान्ति प्रक्रिया अझै टुंगोमा नपुगेकाले राजनीतिक दलहरुबीच एकतावद्ध हुनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रमा संक्षिप्त मन्तव्य राख्दै सभापति देउवाले नेपाली कांग्रेसले विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा पनि स्मरण गराउनु भएको थियो । उहाले कांग्रेस केन्द्रीय समितिले पार्टीलाई एकतावउहाले कांग्रेस केन्द्रीय समितिले पार्टीलाई एकतावद्ध बनाउने निर्णय गरेको भन्दै नेता कार्यकर्तालाई पनि एक भएर संगठन निर्माणमा लाग्न निर्देशन दिनुभएको थियो । नेपाली कांग्रेस क्षेत्र नं १ का क्षेत्रिय सभापति धुर्व श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशशरण महत, कांग्रेस केन्द्रीय सदस्य तथा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा, नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रदेशसभा सदस्य रमेश महतले साउन १५ किसानहरुमा लागि महत्वपूर्ण भएको बताउनु भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिसहित कांग्रेसका राजधानीमा रहेका नेता तथा कार्यकर्ता, शुभचिन्तक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमका सभापति धुव्र श्रेष्ठले मुलुकमा निर्वाचन सम्पन्न भएपछि पार्टीका नोत कार्यकर्तासँग भेटघाट र अन्र्तक्रिया नभएको लामो समय भएकाले साउन १५ का अवसरमा कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र डा. रामशरण महतले पनि उपस्थिति जनाउनु भएको थियो ।

महत कार्यक्रम सुरु हुनुभन्दा केही समय अघि केही समय बसेर फर्कनु भएको थियो भने नेता केसी औपचारिक कार्यक्रम सम्पन्न भएपछि पुग्नु भएको थियो । यस्तै नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले पनि साउन १५ का अवसरमा आफ्नै निवासमा खिर खाने कार्यक्रमको आयोजना गर्नुभएको छ ।
केसी निवास गोगंबुमा आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहित कांग्रेसका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा माओवादी नेता हितबहादुर तामाड., राधिका तामाड., संघीय सांसद बिमला सुवेदीको पनि सहभागिता रहेको थियो । नेपाली कांग्रेसले एउटै कार्यक्रमलाई आफ्नो गुट अनुसार आयोजना गर्दा नेता कार्यकर्ताहरु पनि आफ्नो गुटको कार्यक्रममा मात्र सहभागि भएका थिए । कतिपय नेता कार्यकर्ताहरु भने दुवै कार्यक्रममा सहभागि भएका थिए ।