|
२०८३ श्रावण ४, सोमबार १४:२९
काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा एक जना युवतीको हत्या भएको छ। नयाँ बसपार्कमा रहेको एक गेस्ट हाउसको कोठामा २५ वर्षीया निशा सुनारको शव आइतबार फेला परेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले उनको हत्या भएको बताए।
गेस्ट हाउस सञ्चालकले कोठाभित्र गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए। उक्त खबर पछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।मृतक निशा सुनार कैलाली धनगढी उपमहानगरपालिकाकी हुन्। उनको हत्यामा संलग्नको प्रहरीले खोजी गरिरहेको छ। शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्