४ साउन, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जननायक विपी कोइरालाको ४४औं स्मृति दिवसका असरमा यही साउन ६ र ७ गते विभिन्न कार्यक्रमहरु आयोजना गर्दैछ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको अ योजनामा जलवायु जनचेतना जगाउन यही साउन ६ गते बिहान काठमाडौँ उपत्यकामा ‘ग्रिन रन’ आयोजना गर्ने जनाइएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले ‘जलवायु जनचेतना जगाउन जुटौं’ नाराका साथ पाँच किमी दौड आयोजना गर्न लागेको जानकारी दिए ।
‘दौडलगत्तै जावलाखेल चोक, फाल्चामा ‘जलवायु परिवर्तनको चुनौती स् निराकरण कसरी’ शीर्षकमा विज्ञहरुसहितको समूहगत छलफल हुनेछ,’ उपसभापति शर्माले भने, ‘समूहगत छलफल चलिरहँदा, सोही स्थलमा जलवायु परिवर्तनका चुनौती र सम्भावना झल्काउने चित्रहरु सुपरिचित चित्रकारहरुद्वारा पेन्टिङ गरिनेछन् ।
यसैगरी साउन ७ गते पार्टीको नविन अभियान घोषणा सहितको कार्यक्रम हुनेछ । कांग्रेसले ‘ग्रीन रन’ मा सहभागी हुनेको संख्याका आधारमा प्रतिव्यक्ति निश्चित रकम आफ्नो कोषबाट रकम जम्मा गरेर एक ‘मानवीय सहयोग कोष’ खडा गर्ने जनाएको छ ।
सो कोषको रकम पछिल्लो समय विस्थापित गरिएका सुकुम्वासी परिवारका वृद्ध र बालबालिकाको हितमा खर्च गरिने उनले उल्लेख गरे ।
यसैगरी पार्टीले सोहीदिन राष्ट्रिय सभागृहमा ‘नवीन परिस्थिति स् नवीन संकल्प, नवीन अभियान’ विषयक विचार गोष्ठी आयोजना गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा उपसभापति शर्माले १५ औं महाधिवेशनमा सबैको सहभागिता हुनेगरी छलफल भएको जनाएका थिए । यस्तै प्रदेश सरकारबिहिन नहोस भन्नेमा आफूहरु सर्तक रहेको जनाउँदै जनमत विपरित तीन दल नै सरकारका सहभागि हुने कुरामा कांग्रेसले असहमति जनाएको जानकारी दिए ।
नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्