|
२०८३ श्रावण ५, मंगलवार ११:३२
काठमाडौं : सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका नागरिक सहभागी हुन पाउने अर्थमन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार १०० रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यो योजनामा सरिक हुन पाउनेछन्।
अब आफूले १०० रुपैयाँभन्दा बढीको सामान किन्दा वा होटेल/रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिन मन्त्रालयले आग्रह गरेको छ।
उक्त बिल नम्बर नै ग्राहकलाई लखपति बनाउने नम्बर हो। हाललाई हरेक महिनाको १६ गते र अन्तिम दिन (पाक्षिक रूपमा) लखपति योजनाको घोषणा गरिने मन्त्रालयले जनाएको छ।
https://drive.google.com/file/d/1KID3VV7CbgOQ719m4mzDkU36irTmEGm0/preview
नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्