आज नयाँ घोषणा गर्दै बबिता बानियाँ ‘जेरी’, रहस्यमय विषय सार्वजनिक गर्ने संकेत

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ६, बुधबार ०७:४४


काठमाडौँ — नेपाली लोकसंगीतकी चर्चित गायिका तथा पछिल्लो समय कथा वाचनमा सक्रिय बबिता बानियाँ ‘जेरी’ले आज दिउँसो २ बजे काठमाडौँको मनमैजुस्थित लोकतान्त्रिक चोकमा पत्रकार सम्मेलन गरी आफ्नो आगामी यात्रा र नयाँ योजनाबारे घोषणा गर्ने भएकी छन्।


सामाजिक सञ्जालमार्फत उनले आफ्नो व्यक्तिगत र सामाजिक जीवनसँग सम्बन्धित अनुभव, आगामी यात्रा तथा अहिलेसम्म सार्वजनिक नभएका केही रहस्यमय विषय उजागर गर्ने बताउँदै सम्पूर्ण सञ्चारकर्मीलाई पत्रकार सम्मेलनमा उपस्थित हुन आग्रह गरेकी छन्।


जेरीले गरेको घोषणाको विषयवस्तु खुलाइएको छैन। यद्यपि उनी फेरि गीत–संगीत क्षेत्रमा फर्किने घोषणा गर्न सक्ने अनुमान गरिएको छ।


करिब दुई वर्षअघि उनले सांगीतिक क्षेत्रबाट दूरी बनाएर धार्मिक तथा आध्यात्मिक गतिविधिमा आफूलाई समर्पित गरेकी थिइन्। त्यसयता उनी कथा वाचनमार्फत पनि चर्चामा रहँदै आएकी छन्।
आजको पत्रकार सम्मेलनपछि जेरीको नयाँ यात्रा र उनले सार्वजनिक गर्ने विषयवस्तुप्रति उनका शुभेच्छुक तथा सांगीतिक क्षेत्रको विशेष चासो रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *