६ साउन, काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन पक्षले जलवायु परिवर्तनप्रति जनचेतना जगाउने उद्देश्यले ‘ग्रिन रन’ (पाँच किलोमिटर दौड) लगायतका कार्यक्रम आयोजना गरेका बेला इतर पक्षले प्रज्ञा भवनमा अलग्गै कार्यक्रम आयोजना गर्दैछ । दौड कार्यक्रममा सभापति गगन थापासहितका पार्टीका शीर्ष नेताहरु समेत सहभागि भएका छन् ।
संस्थापनइतर समूहले बीपी स्मृति दिवसका अवसरमा काठमाडौंको प्रज्ञा भवनमा छुट्टै समारोह आयोजना गर्दैछ । उक्त समूहले आफ्नो सबै तयारी पूरा भएको जनाएको छ । उक्त कार्यक्रममा कांग्रेस संस्थापनइतर समहूका नेताहरुकासाथ डा. शेखर कोइरालापक्ष पनि सहभागि हुने भएको छ । कोइरालाको सचिवालयले मंगलबार नै कार्यक्रममा सहभागि हुने जानकारी गराइसकेका छन् ।
३ साउनमै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय गरेको थियो ।समारोह आयोजना गर्न कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको थियो ।
यस्तै, आवश्यकता अनुसार प्रचारप्रसार समिति, व्यवस्थापन समितिलगायतका विभिन्न समितिहरू गठन गर्ने पनि बैठकले निर्णय गरेको छ । संस्थापनपक्षले भने आज देशभरिका सबै जिल्ला कार्यसमितिलाई जिलमा कार्यक्रम आयोजना गर्न र जरा अभियान समापन गर्नका लागि निर्देशन दिएको छ । त्यसका लागि जिल्ला जिल्लामा केन्द्ीय प्रतिनिधि समेत खटाइएको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्