|
२०८३ श्रावण ६, बुधबार १५:०६
नुवाकोट– नुवाकोट उद्योग वाणिज्य संघले आगामी पुस ३ गते वार्षिक साधारण सभा तथा पुस ४ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको छ।
बुधबार बसेको संघको कार्यसमिति बैठकले उक्त निर्णय गरेको अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार निर्वाचनको तयारीलाई व्यवस्थित रूपमा अघि बढाइनेछ।
पुस ४ गते हुने निर्वाचनबाट नयाँ कार्यसमिति चयन गरिनेछ। नयाँ नेतृत्वका लागि हाल कार्यसमितिमा रहेका पदाधिकारीहरूको नाम नै प्रमुख रूपमा चर्चामा रहेको भए पनि उम्मेदवारीबारे औपचारिक घोषणा भने हुन बाँकी छ। निर्वाचन नजिकिँदै जाँदा संघभित्र नेतृत्व चयनको गतिविधि थप तीव्र हुने अपेक्षा गरिएको छ।
नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्