कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ७, बिहीबार ०८:५९


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ।


स्मृति दिवसका अवसरमा नेकपा (एमाले) सहित विभिन्न कम्युनिष्ट पार्टी तथा समूहहरूले पुष्पलालको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली सभा, विचार गोष्ठी, माल्यार्पण र अन्य कार्यक्रम आयोजना गरेका छन्।


नेपाली कम्युनिष्ट आन्दोलनका प्रमुख वैचारिक अगुवा मानिने पुष्पलालले देशमा कम्युनिष्ट आन्दोलनको स्थापना र विस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए। उहाँले सामाजिक न्याय,

लोकतन्त्र र जनअधिकारका पक्षमा निरन्तर संघर्ष गर्नुभएको थियो।
वि.सं. १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलाल श्रेष्ठको २०३५ साउन ७ गते भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको थियो। उहाँको स्मृति दिवसका अवसरमा विभिन्न राजनीतिक दलका नेताहरूले उहाँको विचार र योगदान आज पनि सान्दर्भिक रहेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *