
विदुर । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज सकिएको छ । छ दिनसम्म चलेको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले जनता केन्द्रीत तीन महिने कार्यक्रमको घोषणा समेत गरेको छ । नेपाली कांग्रेसले जस्तै जनतासँग माओवादी कार्यक्रम ल्याइएको छ ।बैठकको समापन गर्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी एकतावद्ध भएर जनतामा जाने बताउनुभयो ।
उहाले माओवादीभित्र विवाद रहेको भन्ने हल्लालाई केन्द्रीय किमिटिको बैठकले निराधार पुष्टि गरेको भन्दै पार्टीका नेता कार्यकर्तालाई जनताको घर दैलोमा पुग्न निर्देशन दिनुभयो । उहाले बैठक समापनमा बोल्र्दै भन्नुभयो, तपाईहरु माओवादीलाई मत हाल्नेको घरमा मात्रै होईन सबै नेपालीको घरमा पुगेर माओवादीलाई पहिलो पार्टी बनाउने गरी आफ्ना कुरा राख्नुन । उहाले केन्द्रीय कमिटिको बैठकले सर्वसम्वत रुपमा निर्णय गरेको भन्दै केन्द्रीय सदस्यहरुलाई बधाई दिनुभएको थियो ।
उहाले माओवादी नेतृत्वको सरकारले गरेका कामप्रति जनतामा विश्वास जगाएको बताउनुभयो । उहाले बै७कले पार्टीभित्रका अन्र्तरविरोधका विषयमा लोकतन्त्रको भरपुर रुपमा उपोयोग गर्दै छलफल भएकोमा खुशी भएको बताउनुभयो । उहाले पार्टीले कार्यविभाजन अनुसार आफूपनि प्रप्येक स्थानीय तहमा पुगेर जनताको भावना बुझ्ने बताउनुभयो । उहाले नेपाल राज्यभित्र रहेका कुनै पनि घरलाई नछाड्ने र जनताको सुझाव लिएर विधान महाधिवेशनमा आउने बताउनुभयो । उहाले अब पार्टी विधि र विधान अनुसार अघि बढ्ने समेत प्रतिवद्धता जनाउनुभयो ।
उहाले अब परिवर्तन्को स्वामित्य लिएर जनतामा जाने कुरा सर्वसमत मात्रै नभई अन्तर्रआत्मादेखि नै एक भएर र अब माओवादी फेरि जाग्ने र देशको नेतृत्व लिने अवस्थामा पुग्ने दावी समेत गर्नुभयो । यसअघि बैठकका निर्णय सार्वजनिक गर्दै माओवादीका नेता लिलामणी पोखरेलले जनतासँग माओवादी कार्यक्रम लिएर माओवादी जनतामा जाने निर्णय सुनाउनु भएको थियो । माओवादी केन्द्रीय समिति बैठकले बढ्दो बेरोजगारीको अन्त्य गर्दै बैदेशिक रोजगारीमा जानेहरुको संख्या कम गर्नका लागि प्राकृतिक खेतीमा र बाँझोजमिनको उपयोग गर्न पनि जोड दिइएको छ । विस्तृत सम्झौताको अन्गर्त यसको सबै प्रक्रिया पूरा गर्न राजनीतिक दलको ध्यानाकर्षण गराइएको छ ।
यस्तै प्रधानमन्त्री दाहालको नेतृत्वमा भ्रष्टाचार नियन्त्रणका लागि चालिएको कदमप्रति पार्टीको पुर्ण साथ र समर्थन रहेने पनि निर्णय गरिएको छ । यस्तै मिटरब्याज पीडितका पक्षमा ल्याइएको विधेयकप्रति पूर्ण समथर्न पनि गरिएको छ । भुमीमा खनजोत गर्ने किसानहरुको समस्या समाधान नभएको भन्दै भमि आयोगको काम कारबाहीलाई सहज र प्रभावकारी बनाउनका लागि आवश्यक कानुन संशोधन गर्न पर्ने विषयप्रति नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।
सहकारी अभियानलाई बदनाम गरेको भन्दै सहकारी आन्दोलनमा धक्का पुगेको भन्दै जनताका निपेक्षको सुरक्ष गर्न उच्चस्तरीय समितिको माग समेत गरिएको छ । बैठकको निर्णय सार्वजनिक गरिएपछि केन्द्रीय समितिका सदस्यहरुले ताली बजाएर पारित गरिएको थियो । बैठकमा अध्यक्ष दाहालले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुभएको थियो ।