|
२०८३ श्रावण ८, शुक्रबार ११:४१
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ८ सय रुपैयाँले घटेको हो।
महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ। बिहीबार यही सुन प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ४ हजार ५०५ रुपैयाँ रहेको चाँदी शुक्रबार १५५ रुपैयाँले घटेर ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्