नुवाकोटका प्रहरी सहायक निरीक्षक पवन बस्नेत ‘महिनाकै उत्कृष्ट प्रहरी’ घोषित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ८, शुक्रबार १८:००

विदुर ।जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) पवन बस्नेतलाई २०८३ असार महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ (Best Police of the Month)’ घोषणा गरेको छ।


हिरासत व्यवस्थापन शाखामा कार्यरत बस्नेतले चोरी भएको मोटरसाइकलको सफल अनुसन्धान तथा बरामद, घटनामा संलग्न अभियुक्त पक्राउ, भौतिक प्रमाण संकलन, अनुसन्धानमा वैज्ञानिक विधिको प्रयोग र हिरासत व्यवस्थापनमा उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा उनलाई उत्कृष्ट प्रहरी छनोट गरिएको हो।


कार्यालयका अनुसार उनले हिरासतमा रहेका थुनुवाहरूको स्वास्थ्य, सुरक्षा र गुनासो व्यवस्थापनमा समेत प्रभावकारी भूमिका निर्वाह गरेका छन्। साथै अनुसन्धान तथा तालिमका क्षेत्रमा समेत जिम्मेवारी कुशलतापूर्वक पूरा गर्दै कार्यालयको कार्यसम्पादनमा उल्लेखनीय योगदान पुर्‍याएको जनाइएको छ।


जिल्ला प्रहरी कार्यालय नुवाकोटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि, २०७९’ बमोजिम प्र.स.नि. पवन बस्नेतलाई २०८३ असार महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै बधाई तथा आगामी दिनमा थप उत्कृष्ट कार्यसम्पादनको शुभकामना व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *