रसुवामा फरार दुई प्रतिवादी पक्राउ

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ९, शनिबार ११:३२

रसुवा : रसुवामा विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका दुवै जनालाई अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।


प्रहरीका अनुसार फैसला कार्यान्वयन अभियानअन्तर्गत कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा चार वर्ष कैद सजाय सुनाइएका उत्तरगया गाउँपालिका–१ का ४८ वर्षीय अमृत तामाङ पक्राउ परेका हुन्। उनलाई आवश्यक प्रक्रिया पूरा गरी रसुवा जिल्ला अदालतमा पेस गरिएको प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले जानकारी दिए।


यस्तै, जबरजस्ती करणी मुद्दामा फरार रहेका उत्तरगया गाउँपालिका–३ का २८ वर्षीय शंकर नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको छ। प्रहरी निरीक्षक सापकोटाका अनुसार उनलाई अदालतमा उपस्थित गराई अनुसन्धानका लागि १० दिन हिरासतमा राख्ने अनुमति प्राप्त भएको छ।


प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियानलाई निरन्तरता दिइएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *