|
२०८३ श्रावण ९, शनिबार १४:१४
विदुर । नुवाकोटको तादी गाउँपालिका–मा दुई बालक हराएका छन्। थप्रेकमा बसोबास गर्ने बिनोद भण्डारीका छोरा र कुमार शिवभक्तिका छोरा, तादी भ्युमा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय दुई बालक आज बिहान करिब ७ बजेदेखि सम्पर्कविहीन भएका हुन्।
बिहान घरबाट निस्किएपछि उनीहरू हालसम्म परिवारको सम्पर्कमा नआएको जनाइएको छ। परिवार तथा आफन्तजनले बालकहरूको खोजीका लागि सहयोग गरिदिन सबैमा अपिल गरेका छन्।
हराएका बालकबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी चौकीमा खबर गर्न वा ९८६१९०५२७० / ९७६९३५९७८० नम्बरमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ।
परिवारले बालकहरूको सकुशल खोजी तथा घरफिर्तीका लागि सबै महानुभाव, आफन्तजन, स्थानीयवासी तथा सुरक्षा निकायसँग सहयोगका लागि अनुरोध गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्