
१. स्वर्ग ः स्वर्गको परीकल्पना भनेको हालको उटोपिया वा कल्पनाको राज्य मात्र हो । स्वर्गमा हाल पनि कार वस वाइक रकेट छैनन् । देवताहरुले हाति उट आदीलाइ यतायतका साधन बनाउने हो । स्वर्गमा मन्त्रालयहरु छन ः शिक्षा मन्त्री सरस्वती हुन भने अर्थमन्त्री लक्ष्मि हुन । स्वर्गमा १० दिशाहरु वा प्रान्तहरु छन । स्वर्गका गर्भनर कुवेर हुन । स्वर्गका राजाको नाम इन्द्र हो । स्वर्गका मिस स्वर्गहरु भनेर ५ जना अप्सराहरुलाइ भनिन्छ ः रम्भा तिलोत्तमा उर्वशी मेनका र घृताक्षी । स्वर्गमा सधै दुध दिने कामधेनु गाइ छ । स्वर्गमा जुन फल चितायो त्यहि फल फल्ले कल्पवृक्ष छ । स्वर्गको राजधानीको नाम अलकापुरी वा अमरावति हो । स्वर्गमा आत्माको गतिले यात्रा गर्न सक्छ । आत्माको गति प्रति सेकेण्ड कति छ ? स्वर्गमा कतै पनि फोहोर मैला छैन । जे कुरा खान सोच्यो सोच्न साथ त्यहि खानेकुराहरुले अघाइ हालिन्छ । जत्रा र जे का गहनाहरु लगाउन पाइन्छ । स्वर्गमा विना विजुली सधै उज्यालो मात्र भइ रहन्छ । स्वर्गमा देउता र गन्दर्भ नाग यक्ष किन्नर आदी जातिय भेदभावहरु चाहि छ । स्वर्ग खासै सुरक्षित स्थान होइन किनकी राक्षसहरुले कहिले काहि आक्रमण गरेर इन्द्रलाइ पनि खेदी दिन्छन । स्वर्गमा पृथ्वीमा पाइने सबै पशु र पक्षिहरु छन । निष्कर्स स्वर्गमा सामान्तहरु बस्छन ।
२. नर्क ः नर्क नोकरहरुलाइ डर देखाउने सामान्तहरुको कल्पनाको कथा मात्र हो । नर्क जम्मा ११ वटा हुन्छन । मरेपछि पापीलाइ नर्कमा तातो कराइमा पकाउने गरीन्छ । गोहि भएका खोलामा हात काँधेर गोहिलाइ खान दिइन्छ । बाघ र चितुवा भएको जंगलमा मान्छेलाइ छाडिन्छ । मान्छेलाइ नागै पारेर सर्प विच्छि माकुरो, कोरोना, डेगु आदीलाइ खान दिइन्छ । तर नर्कका नदिहरु तर्न गाइको पुच्छर समातेर मात्र तर्न सकिन्छ । हात्तिले नर्कमा तार्न सक्दैन । बैतरणी नदिमा हाल सम्म बाँसको पनि पुल बनेको छैन । पक्कि पुल त कहिले बन्ने हो कहिले । नर्कमा दुख नपाउन महादान अष्टदान कन्यादान गौदान स्वर्णदान भुदान आदी धेरै दानहरु दिनु पर्छ । जिवनमा पाप गरेपनि दान दिए पछि पाप सबै पखालिन्छ । नर्कमा फेस बुक, इन्टरनेटहरु छैनन् । नर्कमा म म चाउमिन खान पाइन्दैन । नर्कका राजा धर्मराज र यमराज दुइजना छन । राजाका मुख्य सचिवको नाम चित्र गुप्ता र मित्र गुप्ता हुन । यी गुप्ताहरु नेपाल भारत लगायत जतापनि पाइन्छन । नर्कमा कालो चाय खान पाइन्छ । नर्कको सबै तिर अध्यारो मात्र छ । तामश्रि साल्मलि कुम्भिपाक बैतरणी नर्कका ठुला तर प्रदुषणयुक्त नदिहरु हुन । बैतरणी नदि थुनेर विजुली निकाल्न चाइनाले मात्र सक्छ । तर हामी हिन्दुहरुको नर्कमा विआरआइ पस्न दिने कुरै उठ्दैन । नर्कमा पनि मानव अधिकारका मुद्धाहरु उठ्न थालेका छन । जे होस जसले नर्कको कल्पना गरेर नर्क सम्बन्धि किताव बनाएर राजा प्रवहणलाइ विन्ति विसायो उसले ठुलो साहित्यकारको दर्जा र तक्मा पायो ।
३. नेपाल ः नर्क भन्दा पनि कठिन जिवन विताउनु पर्ने देशको नाम नेपाल हो । नेपाल विश्वको पाँचौ तन्नम देश हो । इन्द्रले स्वर्ग वनाए भनेर नेपाललाइ स्वर्ग भन्दा पनि राम्रो बनाउन राजाहरु वा अरुको नाम यस प्रकार राखियो । जस्तै विर इन्द्र भनेको विरेन्द्र । ज्ञान इन्द्र भनेको ज्ञानेन्द्र । महा इन्द्र भनेको महेन्द्र । ह्रदय इन्द्र भनेको ह्रदइन्द्र । यसरी नेपालमा इन्द्रहरु ल्याउदा पनि नेपाल स्वर्ग बनेन् । नेपाललाइ स्वर्ग बनाउन पाइन्छ तर नेपालीलाइ स्वर्गवासी बनाउन पाइन्दैन । नेपालमा स्वर्गका भन्दा वढि इन्द्रहरु छन ।
नेपालमा २ पटक सम्म रामले राज्य गरेका छन । पहिला पटक राम वरण यादव र हाल रामचन्द्र पौडेल । नेपालमा राम राज्य आउदा पनि केहि भएन ।
नेपाल आज सम्म कुनै दिन वा काल खण्डमा पनि स्वर्णयुग वा राम राज्य थिएन । सबै साक्षसहरुको राज्य थियो । सति प्रथा, दाश प्रथा, जातिय भेदभाव भएको देश पनि कतै राम्रो हुन्छ त । विगतमा नेपालमा शोषण दमन अन्याय अत्याचारको स्वर्णकाल थियो ।
नेपालमा सद्भावना थियो भने सबै प्राणीहरु पुर्ण आयु सम्म बाँच्दथे । खानामा मिसावट छ मान्छे चाडै मर्छ । अर्गनीक ओरिजनल रैथाने मौलिक खाना खानु पर्छ । अनि पो दीर्घायु नभने पनि १२५ वर्ष सम्म बाँच्न सकिन्छ । आज भन्दा ६००० वर्ष अगाडीबाट मात्र अध्यात्मवाद वा धर्मको शुरु गरीएको हो । शुरुमा राजाले धर्म चलाएका थिए । पछि धर्मले राजा चलायो । त्यसपछि धर्मले जनता चलायो र आज जनताले धर्म चलाउदैछन ।
आजको यस ब्रहाण्डमा मानिस मात्र चेतनशिल जनावार हो । चाहे त्यो चेतनाको प्रयोग सदुपयोग होस वा दुरुपयोग । मानिस भन्दा ठुला विवेकीहरु स्वर्गका देवताहरु पनि होइनन् भने नर्कका राक्षसहरु त हुने कुरै भएन । देवता र राक्षस मानव मष्तिस्कका सामान्य उपजहरु मात्र हुन । त्यसताका समाजलाइ नियन्त्रण गर्न धर्मको प्रतिपादन गरीएको थियो ।
हामी नेपालीहरु पनि खासै उन्नत समाजको अभ्यास गरी रहेका छैनौ ।
नत्र त आज नेपाली समाजको गफ नक्कली भुटानी शरणार्थी, ललिता निवास, २७०० केजि सुन आदी नभएर नेपालले पनि चन्द्र मंगल र सुर्य ग्रहमा खोज र अन्वेषणहरुका लागि त्जभ एबचपभच क्यबिच एचयदभ जस्ता यानहरु अन्तरीक्षमा पठाएको खवर जताततै गुन्जने थियो । (लेखक ः त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तहमा अध्ययनरत हुनुहुन्छ भने संसद छात्र विद्यार्थी संघको अध्यक्ष पनि हुनुहुन्छ )