
बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख रमेश पण्डितलाई पुरस्कृत गर्नुहुँदै ः तस्बिर ः जिल्ला प्रहरी कार्यालय नुवाकोट
विदुर । बागमती प्रदेश अन्तर्गतका जिल्ला प्रहरी कार्यालय प्रमुखहरु बीच भएको बार्षिक कार्य सम्पादन सम्झौतामा उल्लेखित सूचकहरुको कार्यान्वयनको आधारमा नुवाकोट जिल्ला कार्यालय उत्कृष्ट भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०७९।०८० का लागि कार्यालयबाट भएको समग्र मुल्याङकनमा उत्कृष्टको रुपमा पुरस्कृत भएको हो ।
यस्तै जिल्ला प्रहरी कार्यालय काभ्रे सर्बोत्कृष्ट ठहरिएको छ भने जिल्ला प्रहरी कार्यालय धादिङ, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय रामनगर क्रमशः कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका छन् ।सो अवसरमा नुवाकोट जिल्ला प्रहरी प्रमुख रमेश पण्डितले उत्कृष्ट कार्य गर्नुभएको भन्दै उहालाई पुरस्कृत गरिएको थियो । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले पण्डितलाईपुरस्कृत गर्नुभएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रदेश कार्यालयले कार्यक्षमता मुल्याड.कनसहित जिल्लामा भैरहेको सुरक्षा लगायतका विषयलाई आधार मानेर मुल्याड.कन गर्ने गरेको छ । सो मुल्याकड.कनका आधारमा जिल्ला प्रहरी कार्यलय उत्कृष्ट ठहरिएको हो । नुवाकोट जिल्लामा विगत केही समयअघि मात्रै सरुवा भई आउनु भएका पण्डितको नेतृत्वमा नुवाकोट जिल्लामा सुरक्षा संयन्त्र चुस्त र दुरुस्त रहेको छ भने विभिन्न अपराधमा संलग्न रहेका तर फरार रहेकाहरुलाई पनि प्रहरीले खोजी खोजी पक्राउ गर्दै जिल्ला अदालतलाई बुझाउँदै आएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले बुधबार आयोजना गरेको कार्यक्रममा घोषणा गरिएको थियो ।