कांग्रेस संस्थापनइतर समूह : सानेपा पुगेनन्, आर्यघामै दिए अन्तिम श्रद्धाञ्जली

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १३, बुधबार १८:३७

काठमाडौं । कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गर्न सानेपा नगएका संस्थापनइतर समूहका नेता आर्यघाट पुगेका छन् ।

प्याङक्रियाजको क्यान्सरबाट पीडित श्रेष्ठको मंगलबार ललितपुरको एक अस्पतालमा निधन भएको थियो । बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि श्रेष्ठको शवलाई  सानेपास्थित पार्टी कार्यालयमा राखिएको थियो ।

संस्थापनइतर समूहका नेताहरू शशांक कोइराला, प्रकाशशरण महत, दीपक खड्का लगायतका नेताले श्रेष्ठको निवासमा पुगेर श्रद्धाञ्जली दिएका थिए । पूर्णबहादुर खड्का, शेखर कोइराला, विजयकुमार गच्छदार, विमलेन्द्र निधि लगायतका नेताहरू भने अन्तिम विदाइका लागि आर्यघाट पुगेका हुन् ।

श्रेष्ठको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको कांग्रेसले बताएको छ । उनको शोकमा पार्टीका हरेक कार्यालयमा तीन दिनसम्म झण्डा आधा झुकाउने निर्णय पनि कांग्रेसले गरेको छ । १२ बुँदे सम्झौताको हस्ताक्षरकर्ता श्रेष्ठ चारपटक सांसद र तीनपटक मन्त्री भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *