काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । दिउँसो १२.४५ बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बैठक बस्ने तयारी भएको बताइएको छ। अाजका बैठकमा समय सामायिक विषयमा छलफल हुने मुख्य सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
अस्ति शुक्रबार बसेकाे बैठकमा भने सांसद सुनिल शर्मा नक्कली शैक्षिक प्रमाणपत्रका विषयमा पक्राउ परेको विषयदेखि अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने रु नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे छलफल भएको बताईएकाे छ। यस्तै डेंगु, लम्किस्क्रिन,बाढी पहिराेका विषयमा उद्दार,राहत लगायतका विषयमा सरकारकाेध्यानाकर्षण गराइएको थियाे ।
शुक्रबार १९ जना सांसदहरूले अा अाफ्नाे धारणा राख्नुभएको बताईएको छ ।बाँकी सांसदहरूले अाज धारणा राख्नु हुने लेखकले जानकारी दिनुभयो ।