कप्तानगञ्ज घटनाको निष्पक्ष र पारदर्शी छानबिन हुन्छ : प्रधानमन्त्री शाह

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १४, बिहीबार २१:०७

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष र पारदर्शी छानबिन गरिने बताएका छन्।
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले घटनामा जोसुकै संलग्न भए पनि कानुनको दायरामा ल्याउने प्रतिबद्धता जनाए। उनले नागरिकको जनधनको क्षति हुन नदिन सरकार सचेत रहेको पनि बताए।


“सुनसरीलगायतका घटनापछि सुरक्षा निकायहरू परिस्थितिलाई सामान्य बनाउन लागिपर्नुभएको छ। घटनाको निष्पक्ष छानबिन गरिनेछ। यो छानबिन निष्पक्ष र पारदर्शी हुनेछ। जो कोही भए पनि कानुनको दायरामा ल्याउन सरकार कटिबद्ध छ,” प्रधानमन्त्री शाहले भने।


उनले पछिल्ला घटनापछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन सुरक्षा निकायलाई सक्रिय रूपमा परिचालन गरिएको जानकारी दिँदै नागरिकको सुरक्षा सरकारको प्राथमिकतामा रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *