
काठमाडांै । नेपाली कांग्रेस संसदीय दलको बैठक सकिएको छ । कांग्रेसले पछिल्लो विभिन्न राजनीतिकसहित समयसामायिक विषयमा निर्णय गरेको छ । बैठकपछि कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले प्रतिपक्षी दल लगायत सरकारमा रहेका दलहरुसँग छलफल गरेर संसद खुलाउन सक्रियता बढाउने निर्णय गरिएको छ । यस्तै बैठकले प्रतिपक्षी दल एमालेलाई आपसी छलफल मार्फत अघि बढ्न आग्रह गर्दै संसद अवरोध अन्त्य गर्न पनि आग्रह गरेको छ ।
यस्तै बैठकलृ सुन प्रकरणमा सरकारबाट भैरहेको छानविनलाई निश्कर्षमा पुर्याउन आग्रह गर्दै यसलाई गहिरा रुपमा अध्ययन गर्न पनि आग्रह गरेको छ । यस्तै बैठकले संसदमा रहेका विभिन्न धिेयकहरुलाई छिटो भन्दा छिटो टुड्ग्याउने अवस्थामा पुर्याउन पनि सरकारलाई ध्यानाकर्षण गराएको छ । यस्तै जनताको सार्वभौम संस्था भएको भन्दै सरकारलाई संसप्रति जवावदेही बनाउने भएकाले संसद जति क्रियाशिल भयो त्यति जनताका काम हुन सक्ने भएकाले संघीय संसदलाई प्रभाकारी बनाएर जान कांग्रेस प्रतिवद्ध रहेको निर्णय गरिएको छ ।
विभिन्न दलबीच सहमतिकासाथ गठबन्धन भएर वर्तमान सरकारले निरन्तरता पाएको भन्दै राज्यको सार्वभौक हितका लागि गठबन्धनको स्थिरता र स्थायित्वका लागि कांग्रेस प्रतिवद्ध रहेको पनि निर्णय गरिएको छ । यस्तै बैठकले उपभोय सामाग्रीको कालोबजारी नियन्त्रणलाई प्रभावकारी बनाउन, नेपाली कांग्रेस कुनै पनि घटनाको विना पूर्वाग्राही ढंगले छानविन हुनुपर्दछ भन्दै हरेक घटनाको निश्पक्ष छानविनको लागि सरकारसँग माग गर्दछ भनिएको छ ।
यस्तै जग्गाको कित्ताकाट सहज नहुँदा आम नागरिकको दैनिक तथा घर व्यवहार चलाउन समेत मसइा भएको भन्दै कित्तनकाटको व्यवस्थालाई सहज बनाउन श्रमिकहरुको न्युनतम ज्याला बढाउन, बाढी पहिरो र डुबानका कारण क्षति भएको, मधेसमा अल्प वर्षातका कारण खेतीपातीको समस्या भएकाले भविष्यमा हुनसक्ने खाद्यान्यको संकटतर्फ सरकारको ध्यान पुगोस भने पनि माग गरिएको छ । यस्तै कोरोनापछिको अर्थतन्त्र सिथिल भएको अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउन र लगानीको वातावरण बनाउँदै ऋणीहरुलाई सहज रुपमा ऋणको व्यवस्था मिलाउन र ग्रामिण स्तरसम्म बैंकको पहुँच पुर्याउन पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।
यस्तै डेंगु नियन्त्रण, संखुवासभामा कैदीको मृत्युको विषय, निर्माण व्यवसायीहरुको समस्या र सडक दुर्घटानको कारण र कारक पत्ता लगाएर नियन्त्रणको बाटो समेत अपनाउन सरकारको ध्यानाकर्षण गराइएको छ । यस्तै बैठकले अस्वस्थ भएका कांग्रेस नेताहरु धनराज गुरुड., तिर्थराम डंगोल,पिएल सिंहको स्वास्थ्य लाभको कामना गरिएको थियो भने निधन भएका नेताहरुप्रति श्रद्धाञ्जली प्रकरण गरिएको छ ।