
विदुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको सातै प्रदेशको अधिवेशनको मिति तय गरेको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी भदौं १६ बाट सुरु गरी असोज २२ गतेसम्म सम्पन्न गर्ने गरी सवै प्रदेश कमिटीको अधिवेशन मिति तोकेको हो ।
एमालेले तय गरेको प्रदेश अधिवेशनको मिति अनुसार बागमती प्रदेशमा असोज १० र ११ गते गर्ने मिति तय गरिएको छ । बैठकले भदौं १६ र १७ गते लुम्बिनी प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको छ । यस्तै असोज ५ र ६ गते मधेश प्रदेश, असोज ८ र ९ गते बागमति प्रदेश, १० र ११ गते कर्णाली प्रदेशको अधिवेशन हुनेछ ।
यस्तै अशोज १२ र १३ गते कोशी प्रदेश, १५ र १६ गते गण्डकी प्रदेश, १९ र २० गते उपत्यका बिशेष प्रदेश र असोज २१ र २२ गते सुदुरपश्चिम प्रदेशको अधिवेशन गर्ने निर्णय भएको एमाले सचिव योेगेश भट्टराईले जानकारी दिनुभयो । सवै प्रदेश अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । एमालेले प्रदेश अधिवेशनमा प्रदेश कमिटीका अध्यक्षदेखि सदस्यसम्म सवै प्रतिनिधि चुनिएर आउनु पर्ने मापदण्ड यसअघि नै तय गरिसकेको छ ।