विदुर । नुवाकोटको पिपलटारमा माेटरसाइकल दुर्घटनामा एक जनाकाे ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएकाे जानकारी अनुसार बिदुर नगरपालिका वडा न. ५ पिपलटारमा भएको दुर्घटनामा बा ५१ प ६६५७ नम्बरको माेटरसाईकल चालक २८ वर्षीय पिवन कुमालकाे मृत्यु भएको हाे । उनी सँगसँगै रहेका अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा साेही स्थानका शमशेर कुमाल रहेकाे प्रहरीले जनाएको छ ।घाइते कुमालाई उपचारका लागि राजधानीकाे ट्रमा सेन्टरमा लगिएको छ ।
हिजाे रातकाे ११ बजेकाे समयमा विदुरबाट तल्लाे पिपलटार जाँदै गरेकाे माेटरसाइकल अनियन्त्रित हुदा कल्भडमा खसेकाे थियाे । घाइते पविनलाई उपचारका लाागि त्रिशूली अस्पताल लादै गर्दा निधन भएको जनाएको छ । घटनाको अनुसन्धान भैरहेकाे प्रहरीले जनाएको छ ।