नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत घुससहित रंगेहात पक्राउ

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १८, सोमबार २०:३९

काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना अधिकारीसमेत रहेका सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङ सेवाग्राहीसँग घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तामाङलाई सोमबार साँझ काठमाडौंको बालाजुस्थित एक गेष्टहाउसबाट घुस रकम लिइरहेको अवस्थामा पक्राउ गरेको हो।


अख्तियार स्रोतका अनुसार गाउँपालिकाले सञ्चालन गरेको एक कार्यक्रमको बिल तथा भुक्तानी प्रक्रिया यसअघि नै सम्पन्न भइसकेको थियो। त्यसपछि पनि तामाङले सम्बन्धित सेवाग्राहीसँग पटक–पटक फोनमार्फत अतिरिक्त रकम माग गरेको उजुरीका आधारमा आयोगले निगरानी बढाएको थियो।


निगरानीका क्रममा घुस रकम बुझ्दै गरेको अवस्थामा आयोगको टोलीले उनलाई रंगेहात नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ। आयोगले औपचारिक विज्ञप्ति जारी गरेपछि घुस रकम, मुद्दाको प्रकृति तथा अन्य कानुनी विवरण सार्वजनिक हुने बताएको छ।-

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *