
साबिक लच्याङ गाविसका बासिन्दाहरुको तर्फबाट अर्थमन्त्री डा. प्रकाशरण महतलाई लालपुर्जाका लागि ध्यानाकर्षणपत्र बुझाउँदै सुर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेसहित नेपाली कांग्रेसका नेताहरु तस्बिरः नुवाकोट पुकार डटकम
काठमाडौं । नुवाकोट जिल्लाको सुर्यगढी गाउपालिका वडा न १ साबिक लच्याङ गाविसका बासिन्दाहरुले वर्षौदेखि आफूले भोगचलन गरिरहेको जग्गाको पुर्जाका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराएका छन् । जिल्लाको साविक लच्याङ गाविस अन्र्तरगत १,३,४,५,६,७,८ वडाहरुका सम्पुर्ण जग्गाहरु भैरबी गुठीको नाममा रहेकोमा सो जग्गामा रहेकाले आफूहरुले पूर्जा नपाउँदा समस्या भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका हुन ।
उनीहरुले गुठीको नाममा रहेको जग्गाको लालपुर्जा सम्बन्धित ब्यक्तिहरुको नाममा उपलब्ध गराउनको लागि नेपाल सरकारका अर्थ मन्त्री डा. महतको ध्यानाकर्षण गराएका हुन । अर्थमन्त्री महत मार्फत भुमि व्यवस्था तथा गरिबि निवारण मन्त्रालयबाट जग्गाको पुर्जा दिलाईदिन उनीहरुरुले अर्थमन्त्री समक्ष निवेदन पेश गरेका छन् । सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले,नेपाली कांग्रेस सुर्यगढी गाउपालिकाका उपसभापति कालू तामाङ,सचीव बासु लम्साल लगायत नेपाली कांग्रेससहित लच्याङबासीको उपस्तिथिमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
अर्थमन्त्री महतले निवेदन बुझ्दै आफ्नो तर्फबाट सम्बन्धित मन्त्रालयसँग छलफल गरेर समस्याको समाधान निकाल्ने बचन बद्दता व्यक्त गनर््ुभएको सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तमान घलेले नुवाकोट पुकार डटकमलाई जानकारी दिनुभयो । गुठीका नाममा रहेकाले वर्षोदेखि भोगचलन गर्दै आएको भएपनि लालपुर्जा नभएका कारण उनीहरुले जग्गा बेचविखनदेखि घर व्यवहार चलाउनका लागि बैकमा समेत राख्न पाएका छैनन् ।
जसका कारण जग्गा भएर पनि उनीहरु सुकुम्बासीका रुपमा रहेका छन् । नुवाकोटको भैरवी देवीको संरक्षण गर्दै आइरहेको भैरव गुठीको नाममा रहेको जग्गा भोगचलन गरेवापत भैरवको रथ बोक्नुपर्ने व्यवस्था अनुसार उनीहरुले वर्षैदेखि उक्त जग्गा भोगचलन गर्दै आएको भएपनि आफ्नो नाममा पाउन सकेका छैनन् । नेपाल सरकारले केही वर्षअघि यस्ता गुठीको जग्गा भोगचलन गर्नेलाई दिने व्यवस्था गरेको भएपनि उनीहरुले भने राज्यसँग पहुँच नभएका कारण नै त्यतिबेला उक्त जगा आफ्नो नाममा ल्याउन सकेका थिएनन्