
प्रधानमन्त्री निवास बालुवाटारमा नुवाकोटको बञ्चरेडाँडामा फोहोरबाट प्रभावितका विषयसहित रानीपौपा पिपलटार सडक स्तरोन्त्तरीका विषयमा प्रधामन्त्री पुष्पकमल दाहालसँग छलफल गर्दै कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसी ,तस्बिर ः सरोज केसी
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य अजुर्ननरसिह केसीले नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल्ड साइडले उक्त क्षेत्रमा पारेको प्रभावका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन् । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री दाहालसँग भेटगरि पूर्व मन्त्री समेत रहेका नेता केसीले उक्त विषयमा ध्यनाकर्षण गराएको केसीका स्वकिय सचिव सरोज केसीले नुवाकोट पुकार डटकमलार्ई जानकारी दिनुभयो ।
यस्तै नेता केसीले रानीवौपा –पिपलटार सडक खण्डको स्तरोन्त्तरीका लागि पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । सरकारले गत जेठ १५ गतेको बजेट भाषणमा बालाजु रानीपौवका लागि मात्रै ५० करोड बजेट विनियोजन गर्दै त्यसभन्दा उत्ताको ४५ किलोमिटर बाटोका लागि बने बजेटको व्यवस्था नगरेको भन्दै असन्तुष्टि जनाउँदै आउनु भएको थियो । केसीले उक्त विषयमा वर्तमान अर्थमन्त्रीले क्षेत्र नं १ मा पर्ने रानीपौवासम्म बजेट हालेर आफू निर्वाचन लडेको क्षेत्र नं २ मा पर्ने सडकका लागि भने बजेट विनियोजन नगरेर पूवाग्राही भावना राखेको भन्दै आपत्ति जनाउनु भएको थियो ।

स्मरणीय छ, केसीले नुवाकोट क्षेत्र नं २ बाट निर्वाचित सांसद हुनुहुन्छ । केसीले ध्यानाकर्षण गराएको विषयमा प्रधानमन्त्री सकारात्मक भएको र उक्त सडकलाई बजेटको व्यवस्था गर्ने प्रतिवद्धता जनाएको स्वकीय सचिव केसीले जानकारी दिनुभयो । यस्तै बञ्चरेडाँडा फोहोरका विषयमा भदौं ६ गते प्रधानमन्त्रीले नुवाकोट जिल्लाका जनप्रतिनिधिसहित प्रभाविक बासिन्दाका प्रतिनिधिहरुसँग छलफल गरेर निश्कर्ष निकाल्ने सहमति समेत भएको केसीले जानकारी दिनुभयो ।