
फाइल तस्बिर
विदुर । नुवाकोट जिल्लाको सुर्यगढी गाउँपालिकाले पालिकाभित्रका लागि एम्बुलेन्सको भाडादर निर्धारण गरेको छ । गाउँपालिकाले आज भदौं १ गतेबाट लागू हुनेगरि भाडा दर निर्धारण गरेको गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिनुभयो ।
गाउँपालिकाले निर्धारण गरेको भाडादर अनुसार वडा नं १ को साविक वडा नं ३ बाट लच्याड. स्वास्थ्य चौकीसम्म ३ सय ,त्रिशुली अस्पतालका लागि ६ सय ५० र काठमाडौंका लागि २५ सय निर्धारण गरिएको छ । यस्तै साविक वडा नं ं१,४,५ र ६ देखि लच्याड. स्वास्थ्य चौकीसम्मका लागि ४ सय , त्रिशुली अस्पतालसम्म ८ सय ५० र काठमाडौंका लागि २५ सय रहेको छ । यस्तै साविक वडानं ७ बाट लच्याड. स्वास्थ्य चौकीका लागि ३ सय त्रिशुली अस्पताल ९ सय र काठमाडौ २५ सय निर्धारण गरिएको छ । यस्तै वाविक २,८बाट लच्याड.स्वास्थ्य चौकीसम्म ३ सय,विदुरसम्म ८ सय र काठमाडौसम्म २४ सय निर्धारण गरिएको छ । यस्तै वडा न ं२ को साविक वडा नं १र २बाट कुवापानी स्वास्थ्य चौकीका लागि ३ सय त्रिशुली ६ सय र काठमाडौ २१ सय निर्धारण गरिएको छ ।
यस्तै साविक वडा नं ५ र ९ लच्याडबाट कुवापानी स्वास्थ्य चौकीसम्म ४ सय , त्रिशुली अस्पतालसम्म ७ सय र काठमाडौ २२ सय कायम गरिएको छ । यस्तै वाविक वडा नं ६ र ८बाट कुवापानी स्वास्थ्य चौकीका लागि ३ सय त्रिशुलीम्मि ६ सय र काठमाडौंका लागि २३ सय तोकिएको छ । यस्तै वडा नं ३ को साविक वडा नं ७ र ९बाट बागेश्वरी स्वास्थ्य चौकीसम्म ४ सय त्रिशुली ५ सय र काठमाडौ २ हजार कायम गरिएको छ । यस्तै साविक वडा नं ३ र ४बाट बागेश्वरी स्वास्थ्य चौकीका लागि ३ सय त्रिशुली अस्पतालसम्म ६ सय र काठमाडौंसम्म २१ सय कायम गरिएको छ । वडा नं ४ को साविक वडा नं १ र ७ बाट गणेस्थान त्रिशुलीका लागि ७ सय साविक ५ देखि ९ सम्मबाट त्रिशुली अस्पतालसम्म ८ सय कायम गरिएको छ । यस्तै काठमाडौंका लागि क्रमश ः २१ सय र २२ सय कायम गरिएको छ ।
यस्तै वडा नं ५ अन्र्तरगत साविक १ देखि ४बाट त्रिशुली ७ सय र काठमाडौ२१ सय कायम गरिएको छ । साविक वडा नं ५ देखि ९ सम्म त्रिशुली अस्पतालका लागि ८ सय काठमाडौका लागि २२ सय निर्धारण गरिएको छ । यस्तै साविक वडा नं १,२,३,८ । ९ बाट गणेस्थान स्वास्थ्य चौकीका लागि ५ सय कायम गरिएको छ भने साविक वडा नं ४,५,६ र ७ बाट गणेस्थान स्वास्थ्य चौकीका लागि ३ सय कायम गरिएको छ । यस्तै काठमाडौका लागि भने भाडा उल्लेख गरिएको छैन ।
पालिकाले सुर्यगढी गाउँपालिकोक्षेत्रभन्दा बाहिरको सेवाग्राहीहरुका लागि भने जिल्लाकै भाडादर कायम हुने पनि उल्लेख गरेको छ । गाउँपालिकाले केही समयअघि मात्रै टेण्डरमार्फत २० लाख रुपयाँमा एम्बुलेन्स किनेको थियो । सो एम्बुलेन्समा अन्य सुविधाहरु समेत थप गरेर सञ्चालनमा ल्याएको जनाएको छ । एम्बुलेन्सका लागि आवश्यक परेका बिरामीहरुले चालकको मोवाइल नम्बर ९८१८६८६४० र ९८६१८८३५६५ मा सम्पर्क गर्न सकिने पनि जनाएको छ